Advertise:
Advertise:
Advertise:

Advertise:
Advertise:
काठमाडौं । कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको छ । दैलेखका एक संक्रमित पुरुषको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
गुराँस गाउँपालिका— ५ का ८७ वर्षीय पुरुषको वीरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ८ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
मंसिर १५ गते कोभिड—१९ अस्पतालमा भर्ना भएका उनको सोही दिन नै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
वृद्धको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
Advertise:
Advertise:

- Comments
- Facebook comments