Rato Pana
गण्डकी प्रदेश समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

नीजि क्षेत्रको २५ करोड लगानीमा गोरखामै बन्नेभयाे ५५ शैयाको अस्पताल

Advertise:
Advertise:

गोरखा । गोरखामा नीजि क्षेत्रको लगानीमा ५५ शैयाको अस्पताल निर्माण हुने भएको छ । गोरखा नगरपालिका वडा नम्बर ८ को प्रतिक्षालय क्षेत्रमा करिब ४ रोपनी क्षेत्रफलमा निर्माण हुने एनपिआई गोरखा नामक अस्पतालको बिहिबार शिलन्यास गरिएको हो ।

८७ जना शेयरधनी रहेको अस्पतालमा झण्डै २५ करोड रकम लगानी हुने बताइएको छ । बिहिबार एक कार्यक्रमका बिच अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लेखराज (हरी) पन्तले शिलन्यास गरेका हुन ।

अस्पतालमा गोरखाका १३ र चितवन लगायत जिल्लाका ७४ जना बिभिन्न पेशा, ब्यवसायमा संलग्नहरुको लगानी रहने बताइएको छ । एनपिआई अस्पताललाई चितवनको नारायणी सामुदायिक अस्पतालको शाखाका रुपमा विस्तार गर्न लागिएको अध्यक्ष पन्तको भनाई छ ।

शिलन्यास भएको १८ महिनामा सात तले भवन सहित अन्य संरचना निर्माण सम्पन्न गरी सेवा समेत सुरु गर्ने लक्ष्य रहेको अस्पताल निर्माण समितिका संयोजक इश्वरकाजी मास्कले बताए ।

अस्पतालबाट विशेष गरेर सुत्केरी सेवा, क्यान्सर सम्बन्धी उपचार, हाडजोर्नी सम्बन्धिको सेवा, रेडियोलोजी सेवा, मुटुरोग सम्बन्धी उपचार, बिभिन्न रोगको शल्यक्रियासंगै फिजिसियन लगायतका सेवा सहज रुपमा उपलब्ध गराउने योजना एनपिआईको रहेको मास्केको भनाई छ ।

‘यो अस्पताल बनेपछि गोरखाली जनता उपचारका बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता हट्छ’ संयोजक मास्केले भने ‘अस्पताल अस्ट्याण्डर्ड बन्छ, सेवामा कम्प्रमाइज हुदैन ।’

५ शैयाको आइसियु सहित सञ्चालनमा आउने अस्पतालमा १० जना बिभिन्न रोगका विशेषज्ञ चिकित्सकहरु रहने बताइएको छ । अपाङ्गमैत्री र लिफ्टसहित बन्ने अस्प्तालमा हरेक प्रकारका समस्याको चेकजाँचसहित उपचारलाई सम्भाव बनाउने योजना ब्यवस्थापन समितिको छ ।

Advertise: Advertise: Advertise:

Related posts

Leave a Comment