Rato Pana
गण्डकी प्रदेश समाचार समाज

पोखराबाट लागूऔषधसहित तीन पक्राउ

Advertise: Advertise:


काठमाडौं । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको गस्ती टोलीले लागूऔषध बेचबिखन तथा कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा चेकजाँचका क्रममा जिल्लाको पोखरा महानगरपालिका–११ काँहु भञ्ज्याङबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१२ माटेपानी बस्ने ३२ वर्षीय रमेश गुरुङ, महानगरपालिका–११ काहुभन्ज्याङ बस्ने २१ वर्षीय मुकेश विक र महानगरपालिका–१२ चापापानी बस्ने २९ वर्षीय नवराज गुरुङ रहेको कास्कीका प्रहरी प्रमुख जीवन श्रेष्ठले बताए ।

उनीहरुको साथबाट लागूऔषध डाईजापाम–६४ एम्पुल, नुर्फिन–६५ एम्पुल, फेनेरागन–६७ एम्पुल, गाँजा २० ग्राम, मोबाइल २ वटा र २ हजार ८ सय ४०।– रुपैयाँ नगद फेला परेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रमुख श्रेष्ठका अनुसार पक्राउ परेका तीनैजनालाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Advertise:

Related posts

Leave a Comment