Rato Pana
गण्डकी प्रदेश समाचार समाज

तिन पालिकाका २ सय ५७ संकटासन्न परिवारकाे घर पुर्ननिर्माणमा सहयोग

Advertise:
Advertise:

गोरखा । गोरखाका तिन स्थानीय तहका २ सय ५७ संकटासन्न परिवारलाई नीजि आवास पुर्ननिर्माणमा सहयोग गरिएको छ । बिभिन्न कारणले घर पुर्ननिर्माणको काम अलपत्र भएका परिवारलाई घर निर्माण सम्पन्न गर्न श्री स्वाँरा सघन गाउँ विकास सेवा केन्द्रले सघाएको हो ।

सिआरएसको सहयोगमा सञ्चालित गोरखा पुर्ननिर्माण तथा पुर्नउत्थान परियोजना अन्तरगत केन्द्रले आरुघाट, शहिद लखन र भिमसेन थापा गाउँपालिकामा गरी २ सय ५७ परिवारलाई घर पुर्ननिर्माणमा बिभिन्न सहयोग गरिएको हो ।

जसमा आरुघाट गाउँपालिकामा १ सय ७० घरधुरी, शहिद लखन गाउँपालिकामा ४९ घरधुरी र भिमसेन थापामा ३८ घरधुरीका संकटासन्न परिवारलाई उनिहरुको आवस्यकताका आधारमा भूकम्पले भत्काएको घर पुर्ननिर्माणमा सहयोग गरिएको स्वाँरा सघनका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले जानकारी दिए ।

जसमा महिला घर मुली रहेको, अपांगता भएका ब्यक्ति भएको, बृद्धबृद्धा भएकाको लगायत गरी घर निर्माण सम्पन्न गर्न समस्यामा परेकालाई घरदैलो प्राविधिक सहयोग, निर्माण सामाग्री, कामदार तथा ढुवानी, सहजीकरण लगायतका क्षेत्रमा सहयोग गरिएको उनले बताए ।

जसमा तिनै गाउँपालिकामा गरी निर्माण सामाग्री सहयोगमा ६१ लख २४ हजार ८५ रुपैया, ज्याला लागतमा २ लाख ८३ हजार २ सय ८६ र ढुवानी लागतमा १ लाख ५१ हजार रुपैया गरी ६५ लाख ५८ हजार ३ सय ७१ रुपैया खर्च भएको श्रेष्ठले जानकारी दिए ।

त्यस्तै केन्द्रले आरुघाट र भिमसेन थापा गाउँपालिकाका किसानलाई अलैची खेती सम्बन्धी तालिम समेत दिएको छ । बिभिन्न कृषि समुहमा आवद्ध रहेका ७० जना किसानलाई अलैची टिपाई, भण्डारण, पुर्नताजगी, बजार ब्यवस्थापन लगायतका क्षेत्रमा तालिम दिइएको हो । त्यस्तै केन्द्रकै सहयोगमा भिमसेन थापा गाउँपालिकामा २ वटा अलैची सुकाउने भट्टी समेत निर्माण गरिएको श्रेष्ठले बताए ।

परियोजना अन्तरगत सहयोग गरिएका संकटासन्न परिवारका घर पुर्ननिर्माण तथा अलैची सम्बन्धीका गतिविधीका बारे जिल्ला स्तरीय बैठक आयोजना गरी सरोकारवालाहरुलाई जानकारी गराएको छ । सोही अवसरमा केन्द्रले सोको दायित्व र जिम्मेवारी जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरेको छ ।

परियोजनाको अवधी सकिन लागेको भन्दै स्वाँरा सघनले समन्वय समितिलाई आगामी जिम्मेवारी हस्तान्तरण गरेको बताएको छ । बिहिबार समितिका प्रमुख अशोक कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सिआरएस गोरखाका प्रमुख रामहरी देवकोटाले परियोजनाका बारे सहभागीलाई जानकारी गराएका थिए भने स्वाँरा सघनकी कार्यक्रम ब्यवस्थापक सञ्जिता श्रेष्ठले परियोजना संचालनका क्रममा भएका सम्पूर्ण गतिविधी, खर्चको विवरण, उपलब्धी, चुनौती लगायतका बारे प्रस्तुतीकरण गरेकी थिइन ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डे, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख मनिता थापा, जिल्ला आयोजना कार्यान्वयन इकाई भवन डिभिजनकी प्रमुख सुनिता श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले बोलेको स्वाँरा सघनका रविन कट्टेलले बताए ।

Advertise: Advertise:

Related posts

Leave a Comment