Rato Pana
प्रदेश २ विचार समाज हाइलाइट-समाचार

आशा को केन्द्र बन्दै “आशा किरण केन्द्र”- महासचिव राजन श्रीवास्तव

बिभिन्न जिल्ला जस्तै पर्सामा पनी बिभिन्न कारण र परिस्थितिबस कैयौ यस्ता बालबालिका छन जस्मा समान्य बालबालिका को भन्दा छुट्टै हावभाव हुन्छ।

सुस्त मनिस्थिती, मस्तिष्क पक्षघात जस्ता असामान्य बालबालिकाहरुलाइ दिवा सेवा प्रदान गर्ने गरेको एउटा संस्था हो “आशा किरण केन्द्र” जस्ले
असामान्य बालबालिकाहरुको घरपरिवारहरुमा त्यस्ता बालबालिकाहरुको कारणले हुने पिडालाइ अलिकती भए पनी कम गर्ने प्रयास यस संस्थाले गरेको छ त्यसैले यस संस्थाको नाम आशा किरण केन्द्र राखिएको हो ।

असामान्य बालबालिकाहरु अरु बालबालिकाहरु जस्तै बिद्य्यालय जान नसक्ने,बाेल्न नसक्ने, टुलुटुलु हेरिरहने, कसैले केही भन्दापनी नसुने झै गर्ने, आफनै संसारमा रमाउने, स्कुलको पोसाक लगाएर ब्याग बोकि आमा- बाबा लगायत घरपरिवारलाइ टाटा बाय भनेर बिध्याल्य जान अल्छी मान्ने त्यस्ता बालबालिका हुने परिवारका लागि एकदम पीडा हुने भएकोले हामी त्यस प्रकारका बच्चाहरुलाइ पोसाक, ब्याग, आउने जानका लागि इरिक्सा जस्ता ब्यवस्था मिलाइ बालबालिकाहरुलाइ सामान्य शिक्षा प्रदान गरि परिवारहरुको अनुहारमा अलिकती भए पनि हासिलो मुस्कान ल्याउन सक्छौ भन्ने कुराको अपेक्षा राखेका छौं ।

बिगतको लामो समय देखि सामाजिक क्रियाकलाप, सहयोग, अनुदान, कार्यक्रम जस्ता कार्यहरु गर्दै विभिन्न क्षेत्रमा आवद्ध रहनुभएका सुनिल गुप्ता यस संस्थाका स्थापना गर्ने सोच राखनुभएको थियो।
सुनिल जि कार्यक्रम कै क्रममा एउटा संस्थाको रोहबरमा काठमाडौमा यस्तै बालबालिकाहरुको लागि स्थापना गरिएको एक संस्थामा पुग्नु भएको रहेछ अनि वहाले त्यहा त्यस प्रकारका बालबालिकाहरुलाइ देख्दा वहालाइ एकदम पीडा भयो, त्यहीबाट वहाले सोच बनाउनु भयो मेरो जिल्ला पर्सा मेरो शहर बिरगंजमा पनि यस प्रकारका बालबालिकाहरु पनि कतिछन होला, त्यहिबाट्ट यश प्रकारका संस्था खोल्ने सोच बनाउनु भएको थियो ।

“आशा किरण केन्द्र”को स्थापना भएको सुरुका दिनमा २ जना बच्चा थिए अहिले १५ जना बच्चालाई हामिले दिवा सेवा प्रदान गर्दै आएका छौँ ।

वीरगंज नगरप्रमुख बिजय कुमार सरावगी को समय समयमा सहयोग रहेको त्यसै गरि केही सहयोगि ब्यक्तिहरुले आवश्यक सामाग्री हस्तान्तरण एवं केही निकायहरु र कार्यसमिति सदश्यहरु बिच छलफल र समन्वयमा आवस्यक पर्ने समाग्री एवं दैनिक खर्चहरु जुटाउने गरेको छ “आशा किरण केन्द्र” ले।

असामान्य, मस्तिष्क पक्षघात, सुस्तमनिस्तिथी जस्ता बालबालिकाका परिवारहरुले त्यस प्रकारका बालबालिकाहरुलाइ घर बाहिर ल्याउन नखोजने, घर भित्रै लुकाएर राख्ने, त्यसता बालबालिकाहरुको बारेमा खुलेर कुरा नगर्ने भएकोले यस संस्थालाई त्यस्ता बालबालिकाहरुलाइ खोज गर्न कठिनाइ हुने गर्दछ ।

“आशा किरण केन्द्र”का भावी योजनाहरू मध्ये मुख्य केही योजनाहरू पर्सा जिल्लामा यश प्रकारका बालबालिकाहरुलाइ खोजतलास, दैनिक शिक्षा प्रदान, ब्यायाम, बौद्धिक बिकासका लागि खेल, आगामी दिनमा वृद्धहरुका लागि निशुल्क योगा, दैनिक ब्यायाम, फिजिकल थ्यारेपी, नियमित निशुल्क स्वास्थ्य जाच शिविर, आँखा शिबिर, दात शिविर, सामाजिक कार्यमा हातेमालो जस्ता कार्यहरू रहेको छन ।

Related posts

Leave a Comment