Rato Pana
प्रदेश २ विचार समाचार समाज हाइलाइट-समाचार

वीरगंजलाई व्यवस्थित बनाउने जिम्मा कस्को ?

Advertise
Advertise: Advertise:
Advertise:

वीरगंज २२ फागुन (रातोपानाकर्मी)
औधोगिक नगरीका साथै आर्थिक नगरी समेत भनेर चिनिने सहर हो वीरगंज , जस्लाई नेपालको प्रवेशद्धार पनि भनिन्छ । दशेभरमै अलग पहिचान बनाएको वीरगंजको बिकास किन हुन सकेन वा भएका उपलब्धीलाई पनि  किन संरक्षण, सम्बर्धन र व्यवस्थित गर्न नसकिएको होला भन्ने प्रश्न सधै वीरगंजवासी वा वीरगंज बारे जान्ने वा घुम्न आउने धेरैको मनमा रहन्छ ।

अरु शहरहरूको उत्पतीसंगै बनेको वीरगन्ज शहर किन ती शहरहरू जस्तो सुन्दर र व्यवस्थित हुन सकेको छैन ? यो प्रश्न उठि रहन्छ । सरकारी, गैरसरकारी बिभिन्न संघ संस्थाहरूबाट बेला बखत बिभिन्न कार्यक्रम गरी सार्वजनिक सम्पदा, धार्मिक स्थल, इतिहास बोकेको ठाउलाई संरक्क्षण,सम्बर्धन र व्यवस्थित बनाउने कार्यहरू गर्दा पनी जस्को लागी गरिएको हो त्यसलाई जनचेतनाको अभाव वा त्यस समुदायले अपनत्व बोध गर्न नसकेको े त्यस कार्यलाई निरन्तरता दिन नसकिएको समाजिक अभियन्ताहरूको बुझाई छ ।

वीरगंज शहरलाई शुन्दर,सफा र व्यवस्थित बनाउन सक्रिय रुपले अभियान नै चलाउदै लागेका  केहि युवा अभियन्ताहरूको भोगाई र सिकाई आज हामीले पस्किने कोशीश गरेका छौ।

प्रकाश खेतान (ग्रिनसिटी  आदर्शनगर)
आफ्नो टोल आफै बनाउ भन्ने उद्देश्यका साथ ग्रिन सिटीको संथापना गरियो । त्यस अन्तर्गत बिभिन्न समयमा बिभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो टोललाई आफै कसरि सफा, सुन्दर र हरियो बनाउन सकिन्छ भनेर प्रयास गरि  आजको दिनमा वीरगंज आउने जोकोहिलाई पनि कम्तिमा एकपटक ग्रिनसिटी घुम्न बाध्य बानाएका छौ ।

प्रकाश खेतान (ग्रिनसिटी  आदर्शनगर)

ग्रिनसिटीको माध्यमले आदर्शनगर क्षेत्रमा फुटपाथको सफाई , सार्वजनिक बाटोमा प्रभाव पर्ने गरि गरिएको क्रियाकलाप माथी कार्यवाही, यस क्षेत्रमा भएका बैंकहरूलाई आफ्नो सेवाग्राहिको लागी पार्किंगको व्यवस्थापनमा सहजिकरणको भुमिका, वृक्षारोपण र स्याहार सुसार जस्ता कैयौ कार्य गरिरहेका छौ ।

यी सब काम आफुलाइ नभइ समाजकै लागी गरिएको भएपनि अनेकन बाधा अड्चन आए ।  केहिलेकाही  धम्की पनि खेपियो । केहिले त पागलको पगरी पनि गुथाइ दिए । तर मैले भन्ने गरेको छु– हो म पागलै हु , आफ्नो ठाउ बनाउनका लागि ।शुरुको दिनमा कसैले नपत्याए पनि हाम्रो सानो समुहले शुरु गरेको अभियानले सफलता पाउनथाले पछी आजकल पागल भन्नेहरु पनि हाम्रो अभियानमा सहभागीता जनाउन थालिसकेका छन् ।अहिले पनी वीरगंजमा यस्ता केहि मानिस छन् जसले भाजो हाल्ने काम गरिरहेकै छन् , जो वीरगंजलाई सफा सुग्घर  बनाउने अभियानका बाधक हुन् ।

दिलिप कार्की (व्यवस्थित वीरगन्ज अभियान)
पहल नामक संस्थाले ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयसंग वीरगंजलाइ कसरी ब्यवस्थित बनाउन सकिन्छ भनेर छलफल गर्यो , छलफलमा तत्कालिन पर्सा प्रहरीका प्रमुख रेवती ढकालले यसलाइ अझ बृहत् गरौ भनी सुझाव दिनुभयो  । अनि हामीले वीरगंजका अधीकांश समाजिक संस्था, समाजिक अभियन्ता र संचारकर्मीहरु बिच छलफल गर्यौ ,अनि अभियानको नाम ब्यव्स्थित बिरगंज राख्यौ , र अभियान सुरु पनि गरयौ ।

दिलिप कार्की (व्यवस्थित वीरगन्ज अभियान)

अभियान चलिरहदा वीरगंजको सरसफाइ, ट्राफिक जनचेतना, फूट्पाथ अतिक्रमण हटाउने लगायतको काम भयो, बाइपास सडकको ४ लनेको रोड, समयमै निमार्ण भयो , साथै घण्टाघर नजिक त्यो बेला सम्म सवारी साधनको पार्किङको ब्यवस्था नभएकाले यहि अभियान अन्तर्गत नै विपी पार्कमा , साना गाडीको पार्किङ ब्यवस्थापन गरियो नेशनल ट्रेडिङ अगाडिको शौचालयलाई व्यवस्थित गरियो , ट्राफिक जनचेतनाको लागि बिपी पार्कमा ५५ इन्च को एलसिडि टिभी प्रसारणमा ल्याइ जनचेतनाको कार्यक्रम सुरु गरियो । प्रत्येक शनिवार बिरगन्जको सार्वजनिक स्थान (नारायणी अस्पताल,मुर्ली पोखरी लगायत ) सरसफाइ गर्न थाल्यौ , छाडा चौपायाले ग्रसित र अव्यवस्थित विरगंजका सडकलाई छाडा चौपाया मुक्त गर्ने अभियान पनि चलाइयो, अभियानकै सकृयतामा आदर्शनगर स्थित कान्जी हाउस संचालनमा ल्याइयो । बसपार्क टर्मिनल निर्माण भइ सन्चालनमा आएपछि बस र अन्य गाडीको व्यवस्थापनमा धेरै ठूलो भूमीका रहयो ।

शुरु शरुमा नगरप्रमुखले नपत्याएको अवस्था भएपनि पछी अभियानले सकारात्मक नतिजा ल्याउन थाले पछि नगरप्रमुखका साथै नगरपालिकाकै सहकार्यमा अभियानलाइ अगाडि बढायौ । अभियान सकरात्मक परिवर्तनका लागि भएपनि अनेकन नकारात्मक टिप्पणीहरु गरियो , केहिले त   हामीसंग झगडा नै गर्न आए ।

तर अभियानका कारणले परिवर्तन भएको देखेपछि नगरवासीले स्याबास्सी पनि दिन थाले , यसले हामीलाइ थप उर्जा मिलिरहेको छ , यो अभियान अहिले पनि सकृय छ ।

राजन श्रीवास्तव (भोलेन्टियर समूह बिरगंज)
“भोलेन्टियर समूह बिरगंज” एउटा फुलको गुल्दस्ता जस्तै हो यसमा विभिन्न पेसामा आबद्ध भएतापनि निस्वार्थ एवं निस्पक्ष रहि मानवीय एवं सामाजिक कार्य गर्ने ब्यक्तीहरुको सहभागीता रहको छ । यसमा सबै एकबराबर रहि विभिन्न योजना सहित विभिन्न कार्यक्रमहरु हातेमालो गरि संचालन गर्ने गरेका छौ।

राजन श्रीवास्तव (भोलेन्टियर समूह बिरगंज)

भोलेन्टियर समुहले बिगतका दिनमा ट्राफिक ब्यवस्थापन, पटक पटक आकस्मिक रक्तदान, बजार ब्यवस्थापन, बालबालिकाहरुलाइ जनचेतना, कोरोना सम्बन्धि जनचेतना, राहत सामाग्री संकलन एवं बितरण, समन्वय एवं विभिन्न विषयमा छलफल गोष्ठी, नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेटको २६ सप्ताह सम्म सरसफाइ, हेल्प डेस्क, शौचालय निर्माण, समान कार्यक्रम, युवा प्रोत्साहन लगयतको कार्यक्रम अहिले सम्म गरिरहेका छौ।

अभियान सुरु गर्दा सोचेको भन्दा राम्रो उपलब्धि, समन्वय, सहकार्य एवं सहयोग प्राप्त भयो ।
काम गर्दैजादा धेरै प्रकारको टिकाटिपनिहरु सुन्न पाइयो तर त्यो सबलाइ त्याग गरि सामुहिक कार्य प्रती निस्पक्ष रहि अगाढी बढदै गयौ र अवश्य पनि राम्रै उपलब्धि भयो ।

पहिलाको जिर्न अवस्थामा रहेका धेरै कुराहरूको परिवर्तन भएको बासिन्दाहरुबाट सुन्न पाउँद
खुसी महसुस हुन्छ।

स्थानीय एवं बिरगंज महानगरपालिकाबाट राम्रो समन्वय एवं सहकार्य भयो साथै सेवा गर्ने हाथहरुको पनि राम्रो सहभागीता रहयो आउने दिनमा समेत अझ सहयोग गर्ने प्रतिनिधिहरुबाट प्रतिबद्धता प्राप्त भयो ।

राजकुमार सरार्फ ( सोनार युवा अभियान)

समाजमा रहेको विकृति लगायत सार्वजनिक सम्पदाको संरक्षण संबद्धन गर्ने मनसायका साथ सोनार युवा अभियानको गठन गरिएको हो । झट्टै हेर्दा जातीगत क्रियाकलाप गर्ने संस्था लाग्ला, तर वीगतका कामबाट हामी समस्त समुदायका लागी २४ सै घण्न्टा खटन तत्पर रहेको कुरा धेरैले मूल्याकंन गर्नुभएको छ । १०/१२ जनाको समुह बनाएर एउटा छलफल गरि सोनार युवा अभियान पर्साको तदर्थ समिति गठन गरयौ  र कामहरु अगाडी बढायौ।
मानव सेवा आश्रम वीरगंज शाखामा राखिएकाहरुलाइ खाना खुवाएर थालनी गरिएको यस अभियानले  बिन्दवासनी माइ मन्दिरको प्राङगणमा ३६ जना बाल बालिकालाई शैक्षिक सामग्री वितरण पनि गरयौ ।

राजकुमार सरार्फ ( सोनार युवा अभियान)

बिभिन्न सामाजिक कार्य सफलताका साथ सम्पन्न गरिए पनि अहिले हामी वीरगंजको मुटु र शान भनेर चिनिने घण्टाघरको सरसफाईमा केन्द्रित छौ । सरसफाई अभियानमा हामीले घण्टाघर लागायत बाबा रामजनम तिवारीको सालिक परिसरमा सरसफाई गरि घण्टाघरमा चारै तिर बाट २ फिटका ४० थान रास्ट्रिय झन्डा र घण्टाघरको मूल गेटमा १५ फिटको रास्ट्रिय झण्डा लगाएका थियौ , तर बिडम्बना भनौ कि वीरगंजवासीको चेतनाको स्तर भनौ , मूल गेटमा लगाइएको राष्ट्रिय झण्डा बाहेक, बाँकी झन्डा गायब भयो , न त हेर्ने कोही भए न त कोई जोगाउने भए । कति परिश्रमले लगाईएको झन्डा समेत नछोडने समुदायसंग अरु के नै अपेक्षा गर्न सकिन्छ खै ?

हामीले घण्टाघरलाइ व्यवस्थित गर्ने प्रयास मात्र गरेका छौ , र नगरप्रमुखलाइ घण्टाघरको मर्मत सम्भार लगायतका  ८ बुँदे ध्यानआकर्षण पनि गराइसकेका छौ ।

हामी लगायत कैयौ संस्था र व्यक्तिले आफ्नो श्रमदान गरि गरिने यस्ता सार्वजनिक सम्पदाको संरक्षणमा सबैले मिलेर लाग्यौ भने धेरै ठुलो कुरा होईन रहेछ वीरगंज बनाउन , तर यहा एकले गर्दा अर्कोले कुरा काट्ने चलन व्यापक छ , यो कारणले जसले जति नै गरे पनि खासै प्रभाव र सुधार देख्न पाईएको छैन । एउटाले बनाउने प्रयास गरे पनि अर्कोले त्यसैको नाम भइहाल्छ भन्ने डरले त्यो काम बिगार्ने चलन वीरगंजमा अझै छ र त आमुल परिवर्तन हुन नसकेको हो ।

माथी उल्लेखित शब्दहरू सक्रिय रुपले काम गर्ने र वीरगंजप्रती चिन्तित रहने केहि प्रतिनिधिपात्र युवा समाजसेवी का हुन। हरेक निकाय बाट साथ र सहयोग भयो भने पक्कैपनी वीरगंज बनाउन्न सकिन्छ । समाजको लागी गरिने कार्यहरूमा समाजकै सहभागिता भए अझ प्रभावकारि रुपले कार्य गर्न सकिन्छ पनी र गरिएको कार्य प्रतीको सबैको चासो पनी हुन्छ।

Advertise Advertise:

Related posts

Leave a Comment