Rato Pana
खेलकुद

दोश्रो मेयर कप क्रिकेट प्रतियोगितामा सेन्ट जेभियर्स मावि विजयी

Advertise: Advertise: Advertise:

वीरगन्ज २६ फागुन
वीरगन्जमा जारी दोश्रो मेयर कप क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा सेन्ट जेभियर्स मावि विजयी भएको छ ।
आदर्शनगर रंगशालामा भएको आजको पहिलो खेलमा सेण्ट जेभियर्स माविले सगरमाथा माविलाइ ५ विकेटले पराजित गरेको हो । टस जितेर पहिले व्याटिंग गरेको सगरमाथा माविले १९ ओभर १ बलमा अलआउट हुदै ९८ रन मात्र बनाएको थियो । ९९ रनको लक्ष्य सेन्ट जेभियर्स माविले १४ ओभर ३ बलमा केवल ५ विकेट मात्र गुमाएर पुरा गरेको हो ।
आजको पहिलो खेलको म्यान अफदी म्याच सेन्ट जेभियर्स माविका अरबाज अन्सारी घोषित हुनु भएको वीरगन्ज महानगरपालिकाका खेलकुद निर्देशक प्रकाश शर्माले जानकारी दिनुभयो ।प्रतियोगतामा आजै भएको दोश्रो खेलमा साउथ जोन मावि विजयी भएको छ । साउथ जोन माविले वीरगन्ज पब्लिक स्कुल वीपीएसलाइ ६४ रनले पराजित गरेको हो ।
टस जितेर पहिले व्याटिंग गरेको साउथ जोन माविले पुरा २० ओभर खेल्र्दै ६ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । १५० रनको लक्ष्य लिएर जवाफी व्याटिंग गरेको बिपिएसले १८ ओभर १ बलमा अलआउट हुदै ८५ रन मात्र बनाएपछि खेल साउथ जोन माविले जितेको हो ।

Advertise:

Related posts

Leave a Comment