Rato Pana
शिक्षा समाचार

आत्महत्या न्यूनीकरण सम्बन्धी तालीम सम्पन्न

काठमान्डौ, ११ चैत
पाटन अस्पतालमा आत्महत्या न्यूनीकरण सम्बन्धी १ दिने तालीम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाण्डौ को आयोजना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा पाटन अस्पतालमा आत्महत्या न्यूनीकरण सम्बन्धी १ दिने तालीम सम्पन्न भएको हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विज्ञ डा.हरुद्धारा प्रशिक्षण प्रदान भएको उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाण्डौ परिसर तथा मातहत बृत्त, प्रभागहरुबाट २६ जना प्रहरी अधिकृतहरुको सहभागीता रहेको थियो ।

उक्त तालीमको समापन समारोहमा काठमाण्डौ प्रहरी परिसर प्रमुख प्र.व.उ. अशोक सिंह द्धारा कार्यक्रम आयोजनामा सहयोग पुर्‍याउनु भएकोमा पाटन स्वास्थ्य प्रतिष्ठान प्रशिक्षणमा सहभागी विज्ञ डाक्टरहरु लाई विशेष धन्यवाद ज्ञापन गर्नुका साथै सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण र आवश्यक निर्देशन सम्बोधन गर्नु भएको थियो ।

Related posts

Leave a Comment