Rato Pana
समाचार हाइलाइट-समाचार

डिएसपी सहित ६ इन्स्पेक्टर पुरस्कृत

Advertise:
Advertise:
Advertise:

काठमाण्डौं,१३ चैत
महानगरीय प्रहरी परिसर काठमाडौंले आफ्नो कमाण्ड मातहत रहेका तीन बौद्ध, स्वयम्भुु र सिंह दरबार वृत्त प्रमुख ३ डीएसपी सहित सिंहदरबार, स्वयम्भु, कपन, साँखु र नगर प्रहरीमा कार्यरत ६ इन्स्पेक्टरलाई पुरस्कृत गरेको छ ।
परिसरले कर्तव्य पालनको सिलसिलामा प्रशंसनिय र उत्कृष्ट काम गरे वापत तीन महिना (पुस, माघ र फागुन) का उत्कृष्ट अधिकृतहरुलाई पुुरस्कृत गरेको हो । महिना महिनामा उत्कृष्ट प्रहरी छनोट गरी पुरस्कार दिने भनिएता पनि लकडाउन र काठमाण्डौं केन्द्रित विरोध प्रदर्शनले गर्दा पुरस्कारको आयोजना गर्न केही समय ढिलो भएको जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पुरस्कृतहरुलाई पुरस्कार वितरण गरेका थिए ।
परिसरका अनुसार फागुन महिनामा वृत्त वौद्धका कार्यालय प्रमुख डीएसपी नविनकुमार कार्की, प्रभाग साँखुका कार्यालय प्रमुख इन्स्पेक्टर जानुकादेवी खरेल र नगर प्रहरीमा कार्यरत इन्स्पेक्टर डिल्लिराज सापकोटा उत्कृष्ट भएका छन् ।

यस्तै माघमा वृत्त स्वयम्भुका कार्यालय प्रमुख डीएसपी निरन्जन दत्त भट्ट, सिँहदरवारमा कार्यरत इन्स्पेक्टर वेद प्रसाद पौडेल र प्रभाग कपनका कार्यालय प्रमुख इन्स्पेक्टर शेखर जंग मल्ल छानिए । पुषमा वृत्त सिँहदरवारका कार्यालय प्रमुख डीएसपी हरि वहादुर बस्नेत, नगर प्रहरीमा कार्यरत इन्स्पेक्टर सुधिर राई र प्रभाग कोटेश्वरका कार्यालय प्रमुख इन्स्पेक्टर राजन लामा सर्वोत्कृष्ट छानिएको परिसरले जनाएको छ ।

Advertise: Advertise:

Related posts

Leave a Comment