Rato Pana
खेलकुद समाचार हाइलाइट-समाचार

मेयर कल्याणकारी कोषबाट रकम सहयोग

वीरगन्ज, २० चैत
वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आफ्नो कल्याणकारी कोषबाट एक जेहेन्दार छात्रालाई आर्थिक सहयोग गरेका हुन ।

मेयर सरावगीले सिद्धार्थ माध्यामिक विद्यालयकाे कक्षा ८ मा अध्ययनरत छात्रा कुलसुम खातुनलाई सहयाेग रकम २५ हजारको चेक बिहिबार हस्तान्तरण गरेका हुन् । उनले महानगरपालिकाकाे कार्यालय मै छात्रा खातुनलाई बाेलाएर साे रकम बराबरकाे चेक हस्तान्तरण गरेका थिए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सवैठवा निवासी खातुनलाई जेहेन्दार विद्यार्थी भएकोले रकम उपलब्ध गराएको मेयर सरावगीले बताए । महानगरपालिकाबाट आउने पारिश्रमिक बापतको रकम जम्मा हुने मेयर कल्याणकारी कोषबाट उक्त रकम सहयोग मेयर सरावगीले गरेकाे उनकाे सचिवालयले जनाएकाे छ ।

बिहेको लागी आर्थिक सहयोग

यस्तै, मेयर सरावगीले आफ्नो तलबभत्ताबाट संचालित मेयर कल्याणकारी कोषबाट एक जना छाेरीकाे बिहेकाे लागि पनि आर्थिक सहयाेग गरेका छन् । नाम र ठेगाना गाेप्य राखिएकाे छाेरीकाे बेहेबारीको लागि रु पचिस हजारकाे चेक मेयर सरावगीले हस्तान्तरण गरेका हुन् ।

Related posts

Leave a Comment