Rato Pana
शिक्षा समाचार

रेडक्रसद्धारा विपद् पुर्व बजार लेखाजोखा

वीरगंज, २० चैत

नेपाल रेडक्रस सोसाइटी, सामुदायिक विकास विभाग, खानेपानी सरसफाइ, तथा स्वच्छता प्रबद्र्घन महाशाखा र रेडक्रसको अन्तराष्ट्रिय महासघंकोे आर्थिक तथा प्राविधिक सहयोगमा आपतकालीन खानेपानी सरसफाइ, तथा स्वच्छता परियोजना अन्तर्गत क्षमता विकास गतिविधिहरु सन् २०१९ देखि २०२१ डिसेम्वर सम्मका लागि प्रदेश २ सम्झौता गरी गतिविधिहरु सञ्चालन भैइरहेका छ ।

लेखाजोखा कार्य मिति २०७७ साल चैत २० देखी २७ सम्म पर्सा, रौतहट, महोतरी, सम्तरीमा सन्चालन भईरहेको छ । सोही लेखाजोखा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम रेडक्रस पर्सा जिल्ला शाखामा सम्पन्न भएको छ । विपद् पुर्व बजार लेखाजोखा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति विरेन्द्र राज कँडेलको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथी रेडक्रस प्रदेश २ का अध्यक्ष फूलमहम्मद मियाँले कार्यक्रममा उपस्थित सबैलाई कार्यक्रमको शुभकामन दिनु भएको थियो भने विपद्को समयमा बजारमा हुने बाधाअवरोध तथा त्यसको कारणले सामाग्रीहरुको परिमाण र मुल्यमा हुनसक्ने उतारजढावको लेखाजोला वारेमा सम्बोधन गर्दै विपद्को समयमा सबै निकायले निश्पक्ष तरिकाले सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो, प्रकोप पूर्व बजार लेखाजोखा वारेमा रेडक्रस केन्द्रका उपनिर्देशक अमरमनी पौडेल र सुभेक्षा मानन्धरले सहभागीलाई प्रशिक्षण दिनु भएको थियो ।

प्रकोप पूर्व बजार लेखाजोखा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका उपसभापति मधुराण, भगवती चौधरी, कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपमन्त्री साविर अहम्मद एराज, उपकोषाध्यक्ष दयाशंकर सिह कार्यसमिति सदस्य मदन प्रसाद गुप्ता, जितेन्द्र वर्मा, दिनानाथ प्रसाद रौनियार, राजेश्वर प्रसाद चौरसिया, बबिता गुप्ता, ईन्फोरमेसन म्यान्जमेण्ट स्वमसेवक सौरभ दकाल, उमेश मिश्र, लक्ष्मीनारायण राउत लगायतको उपस्थिती रहेको कार्यक्रम रेडक्रसका लेखाअधिकृत विरसम्सेर प्रसाद कुर्मीले संचालन गर्नु भएको कुरा रेडक्रस पर्साका सहायक राजन कुमार श्रीवास्तवले जानकारी गराए ।

Related posts

Leave a Comment