Rato Pana
विचार

दुई पटक असफल भएपनी सकारात्मक ईख्खले इंस्पेक्टरमा नाम निकाल्न सफल भए:- सिंह

सिम्रौनगढ, २१ चैत
सकारात्मक ईखले गर्दा इंस्पेक्टर बन्न सफल भएका दिपक सिंह बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा न. ७ जानकिनगर टोलका हुन ।

सिंह १० वर्षका हुदा बुवाको मृत्यु भएपछी आमा र दाई ले धेरै संघर्ष गरी खेतीपाती बाट आय आर्जन गरी मलाई पढाउनु भयो त्यतीबेला आफु कक्षा ५ मा रहेको सिंह बताउनुहुन्छ । उच्च शिक्षाको लागी वीरगंज प्रवेश गरेका सिंहले घर बाट आएको २०००/२५०० मा कोठा भाडा,ग्यास खाधान्न मा खर्च गरी जिविका चलाउथे।

२०७० सालमा असई को लागी सहभागी भए तर शारीरिक तन्दुरुस्ती परिक्षा मा सफल हुन सकिन । फेरी २०७२ सालमा आवेदन दिए र त्यही अनुसारको मेहनत गरेपछी सफल भए २०७३ मा नियुक्ति पाए र भरतपुरमा तालीम गरे सिंह भन्नुहुन्छ।

असईमा नाम निकालेपछी घरको अवस्था केही हदसम्म सुधार भयो तर इंन्सपेक्टर बन्ने सपना अझै मेरो मनलाई खतोलीरहेको थियो ।

२०७४/७५ दुई पट्टक इंस्पेक्टरको आवेदन दिएर परीक्षामा सहभागी भएपनी सफल हुन सकिन्न तर हार मानिन , २०७६ को परीक्षामा सहभागी भए सकारात्मक ईख्ख र मिहनेतले गर्दा सफल भए ।

असई भएर काठमाण्डू मा १६/१६ घण्टा डयुटी गरेपनी पढन कहिले छोडिन। हेटौडा हुदा पनी थोरै समय पाउदा मोबाइलको सहयोगमा पढथे, म गोजीमा सधै नोट राखथे र समय पाउनसाथ पढथे। रातमा डयूटी बस्दा दिनमा सुत्थे र दिनमा डयूटी बस्दा राती सुत्थे तर दिन रात मिलाएर जम्मा ५ घण्टा मात्र सुत्थे।

इंस्पेक्टरको लिखित परीक्षाको ३ दिन पहिला मेरो बिहे भयो जम्मा १ दिन घर बसेर काठमाण्डू फर्के परीक्षा दिन मनमा सफल हुने आशाले घरमा बस्नै दिएन ।

अहिले गाउँ समाज का पनी हर्सित भएको सुन्न पाउदा मनमा अझै उर्जा थपिएको रातोपानाकर्मी संग सिंह बताउनुहुन्छ।

Related posts

Leave a Comment