Rato Pana
अर्थ हाइलाइट-समाचार

४३ लाख र छडके तिलहरी ९ थान सहित १ जना पक्राउ

काठमाण्डौ,२२ चैत
४३ लाख र छडके तिलहरी ९ थान सहित १ जना पक्राउ परेका हुन ।
चन्द्रागिरि न.पा. वडा नं. ०२ नागढुंगा स्थित चेकप्वाईन्टमा दाङ तुलसीपुरबाट काठमाण्डौ तर्फ आउदै गरेको प्रदेश नम्बर ३ -०१-००-६ ख ०९१२ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा कार्टुन टेपले पुरै र्यापिङ्ग गरीएको कार्टुन व्यबारिसे अबस्थामा फेला पारी उक्त कार्टुनलाई चेकजाँच गर्दा उक्त कार्टुन भित्र हरियो रङको छड्के तिलहरिको पोते ९ थान र नेपाली बिनिमय हजार दरको १००० (हजार दर) को ३९००(उन्नाचालीस) थान र नेपाली ५०० (पाँच सय) दरको ८०० (आठ सय) थान गरि जम्मा ४३०००००/- (त्रिचालिस लाख) फेला परेको ।

सोधपुछ गर्दा उक्त रकम तथा सामान दाङ जिल्ला तुलसीपुर उप-महानगर पालिका वडा नं. ५ घर हुने ३७ बर्षका सन्दिप कौशलको रहेको भन्ने खुले पछी खोज तलास गरी फेला पारी समान र नगद सम्वन्धि सोधपुछ गर्दा स्रोत समेत खुलाउन नसकेको हुँदा उक्त रकम अवैध हुन सक्ने हुँदा थप अनुसन्धानको लागि बरामद ४३०००००/- ( त्रिचालीस लाख) र ९ थान पोते बरामद गरी सन्दिप कौशललाई  वृत्त थानकोटमा थप अनुसन्धान भईरहेको छ ।

Related posts

Leave a Comment