Rato Pana
अर्थ हाइलाइट-समाचार

गैरकानूनी रुपमा कस्मेटिक सामनहरु उत्पादन तथा बिक्रिबितरण गर्ने व्यक्ति पक्राउ

काठमाण्डौमा , २४ चैत
नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम  लगायतका कस्मेटिक सामनाहरु गैर कानुनी रुपमा काठमाण्डौमा उत्पादन तथा बिक्रिबितरण गर्ने गोयल पक्राउ परेका हुन।

सो कस्मेटिक सामानहरु प्रयोग गर्दा कपाल झर्ने, एलर्जि हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भिर असर देखिएको भन्ने सुचना महानगरीय अपराध महाशाखाले पाए पश्चात सो सम्बन्धमा  निरन्तर खबर संकलन गरी निग्रानि राख्दै आएको थियो ।

महानगरीय अपराध महाशाखा र बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त टोलिले चन्द्रागिरी न.पा. वडा नं. १५ ढुङ्गेअड्डामा बस्ने ३३बर्षका चेतन गोयलले संचालन गरेको हबिब काला कोकिला हिना ,मेहेन्दि लगायतका कस्मेटिक सामान बनाउने उद्योगमा खानतलासी गर्दा २०७३।०४।१९ गते उच्च अदालत पाटनको निर्णय बमोजिम खारेज भैसकेको ट्रेड मार्क निशा प्रयोग गरी सोही ट्रेड मार्कमा मेहेन्दि उत्पादन गरि रहेको र बिभिन्न कस्मेटिक सामानहरु अनाधिकृत रुपमा उत्पादन गरेको पाईएकोले  गोयललाई नियन्त्रणमा लिई उनको उद्योगमा रहेका २४ प्रकारका कस्मेटिक सामानहरु , कस्मेटिक सामानहरु बनाउन प्रयोग हुने ४ वटा मेसिन सहित उद्योग सिल गरिएको छ ।

साथै गोयलले उद्योगमा उत्पादित सामान तथा कस्मेटिक सामानहरु समेत चन्द्रागिरी न.पा. वडा नं. १५ ढुङ्गेअड्डामा भण्डारण गरी राखेको गोदाम र संचालन गरेको का.म.न.पा २५ ताम्राकार प्लाजा मखन गल्लीमा रहेको आहान ईन्टरप्राईजेज मा समेत हबिब काला कोकिला का बिभिन्न कस्मेटिक सामानहरुमा आफैले तयार गरी ओरिजिनल लेखिएको होलोग्रामहरु टाँस गरेको पाईएकोले सो गोदाम र पसल समेत सिल गरिएको हो ।

कस्मेटिक सामान ओसारपोसार गर्न प्रयोग भएको बा १९ च ८०५३ नम्बरको भ्यान र सो भित्र रहेको ८ बोरा निशा मेहेन्दि लगायतका सामान नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिइएका हबिब काला कोकिला “हिना” कम्पनिका सञ्चालक चेतन गोयललाई प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धानको लागि बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहलमा पठाईने प्रहरीले जनाएको छ ।

चेतन गोयलले आफ्नो उद्योगमा उत्पादित गुणस्तरहिन मेहेन्दि भारतमा उत्पादन भएको हो भनि झुक्याई बिक्रि बितरण गर्ने उदेश्यले भारतिय मेहक मेहेन्दिको एम आर पी समेत उल्लेख भएको खाली प्याकेटहरु ठूलो मात्रामा भण्डारण गरी राखेको पाईएको छ र उद्योगमा उत्पादन हुने काला-काला मेहेन्दिको प्याकेटमा उत्पादन स्थान , मिति र म्याद समाप्त हुने मिति लगाएतका महत्वपुर्ण विवरणहरु समेत उल्लेख नगरिएको पाईयो  साथै ताम्राकार प्लाजा मखन गल्लीमा रहेको  आहान ईन्टरप्राईजेज पसल समेत २०७६ साल पछि नबिकरण नगरी संचालन गरेको पाईएको हो ।

यस भन्दा करिब २ बर्ष अगाडि समेत निज चेतन गोयललाई महानगरिय अपराध महाशाखाबाट यस्तै  प्रकृतिको कसुरमा पक्राउ गरी मुद्दा चलाइएको थियो।
सिलबन्दी गरिएका बिभिन्न सामानहरुको अन्दाजि मूल्य १ करोड ५० लाख रहेको छ ।

Related posts

Leave a Comment