Rato Pana
साहित्य

बे-नाम सम्बन्ध : लेख

Advertise: Advertise: Advertise:

न सुनेर , न बोलेर , न रिसाएर थाक्ने
खै किन होला केहि सम्बन्ध सपना झै लाग्ने..? न त उ मेरो बालशाखा, न त उ मेरो साथी- सहगोत्री, न त उ मेरो सहकर्मी, न त उ मेरो आफन्ती नै हो खै किन? आयो यसरी मेरो समिपमा के छ ? उ मा जुन अरुमा छैन ? सोच्छु एकोहोरो प्रश्न मात्रै छ उत्तर हरु शुन्य ! अरे म त चुलबुली, चन्चली पो छु कहाँ कसैको कुराले छुन्छ र मलाई ..

यो मन त मेरो हावा जस्तै माथी- माथी उडछ अनेक – अनेकौं कल्पना गर्छ , जसरी एकादेशको कथामा, कथाकी पात्र राजकुमारी गर्छिन एक सुन्दर , मिठो कल्पना ,उसकै कथा पढदै गर्दा उ जस्तै अनेकौं कुरा सोच्छ मनले, कहिले आकाश , जुन , तारा, बादल र वर्साको कुराहरु गर्छ!…
बादल बनी उडन पाए,वर्षा बनी धर्तीमा वर्सिन पाए , आफू पनि राजकुमारी बनी ताराहरु टिपेर शिरमा लाउन पाए……धत के – के सोच्छ यो मन नि.. मन त मनै हो नि सोची हाल्छ नि है…

कहिले -काही कथाकी पात्रको कथा मा डुब्दै जादा उसको जस्तै मन उदास, बैचन, छट्पटी र पिडा मा ग्रुजिन्छ । उसको बिछोड मेरो नै बिछोड हो कि झैं लाग्छ , उसको उदासीपन , उसको एक्लोपन ,उसको चोट मेरै हो कि झै ? कथा पढने सबैलाई लाग्ला नि है कि मलाई मात्रै यस्तो लाग्यो ?

सुस्तरी राजकुमारीको कथामा कोहि आए झै बिना कारण आफ्नो लाए झै केहि नबोल्दा नि बोले झै, त्यसै मुस्कुराए झै, फुल- पातले र हावाले गिज्याए झै,कोइली, मैनाले गित गाए झै, मन्दिरका घन्ट, शख बजे झै, आफ्नै रफतारमा नदी समुन्द्र भेटन बगे झै…..

गितकारले गित लेखे झै,संगीतकारले संगीत भरे झै, भक्तहरु भगवानको भजन – कृतनमा मग्न भए झै .. बगैंचाका फुलहरुलाइ भमरा र माहुरीले स्पर्श गरे झै.. रंगीचंगी फुलहरु नि राजकुमारीको लागि फुले झै गर्छिन.. उनको भाव, कल्पना , उनले गरेको झै प्रेम,
म पनि तेस्तै प्रेम गर्न पाए, आफुलाइ भन्दा बढी उसलाइ चाहन पाए, राजकुमारीले झै कसैको प्रतीक्षा गर्न पाए..

धत यो त कलियुग हो, कहाँ सबै कथामा म जस्तो हुन्छ त ! कहाँ तेति बिधी प्रतीक्षा गर्न सकिन्छ र ! यहाँ त सानै कुरामा मन भरिन सक्छ आजसम्म प्रेम गरेको व्यक्तिलाई उसको सानो कुरा र व्यवहारले गर्दा उसको अनुहार हेर्न त परको कुरा उसको बोली सुन्न पनि मन लाग्दैन ।

तर केहि यस्ता पात्रहरू हाम्रो जीवनमा जोडिन आइ पुग्छ्न जो शीत रिसाइ रहन मन लाग्छ , घुर्की लाई रहन मन लाग्छ , साना- साना कुरामा सन्किन मन लाग्छ , बोल्दा- बोल्दै फोन राख्न मन लाग्छ ,
उ को सित छ, के गर्दै छ भनेर सोच्न मन लाग्छ , न त्यहा कुनै साइनो छ न सम्बन्ध नै , न त उसलाइ आफ्नो भन्न सकिन्छ न त पराइको भएको नै
म मात्रै हु कि ? कतै न कतै तपाईं नि यस्तै सम्बन्धमा जेलिनु भएको छ..?

अंशु कार्की
मकवानपुर

Advertise:

Related posts

Leave a Comment