Rato Pana
स्वास्थ्य हाइलाइट-समाचार

वीरगन्जमा परिक्षण गराएका मध्ये आधा जतिमा कोरोना भाइरसको संक्रमण

Advertise: Advertise: Advertise:

वीरगन्ज, ४ वैशाख

वीरगन्जमा परिक्षण गराएका मध्ये आधा जतिमा कोरोना भाइरस संक्रमण भेटिन थालेको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो एक साता देखि गरिएको परिक्षणमा , परिक्षण गराएका मध्ये आधा जतिमा संक्रमण भेटिन थालेको हो । हिजो पनि साँझ नारायणी अस्पतालको प्रयोगशालामा ९४ जनाको पीसीआर परिक्षण गर्दा ती मध्ये ५७ जनामा अर्थात ५५ प्रतिशत भन्दा बढिमा संक्रमण पुष्टि भएको छ । हिजो साँझ थपिएका ५७ जना संक्रमित मध्ये पर्साको मात्रै ५० जना छन् ।

पर्साको ५० जना मध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ४७ जना छन् । पर्साकै  छिपहरमाइ गाँउपालिका , सखुवा प्रसौनी गाँउपालिका र बहुदरमाइ नगरपालिकाका १÷१ जनामा संक्रमण भेटिएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । हिजो साँझको परिक्षणमा बाराका ४ जना र रौतहटका ३ जनामा पनि संक्रमण भेटिएको छ  । यसअघि अस्ति बिहीबार  बेलुकी वीरगन्जकै नारायणी अस्पतालमा ७८ जनाको परिक्षण  गर्दा ती मध्ये ३८ जनामा संक्रमण पुष्टि भएको थियो । अस्ति बिहीबार बेलुकी संक्रमण पुष्टि भएका ७८ जना मध्ये पर्साको वीरगन्ज महानगरपालिकाका मात्रै ३१ जना थिए ।

यस्तै अस्ति बिहीबार बेलुकीको परिक्षणमा बाराको जितपुर सिमरा उपमहानगरपालिकाका २ जना र कलैया महानगरपालिका  वडा नम्बर ४ का १ जना , रौतहटको गढीमाइ नगरपालिकाका २ जना , मकवानपुरको  हेटौडा उपमहानगरपालिकाका १ जना र काठमाण्डौको तारकेश्वर नगरपालिका ९ का १ जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिनुभयो ।वीरगन्जमा पछिल्लो एक हप्तामा अर्थात चैत २७ देखि हिजो बैशाख ३ सम्म मात्रै २ सय ६ जना नयाँ संक्रमित थपिएका छन् ।वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि हिजो बैशाख ३ गते सम्म ४ सय ४२ जनाको परिक्षण गर्दा २ सय ६ जनामा संक्रमण भेटिएको हो । हिजो बैशाख ३ गते ९४ जनाको परिक्षण गर्दा ५७ जना , अस्ति बिहीबार बैशाख २ गते ७८ जनाको परिक्षण गर्दा ३८ जना , गत चैत ३१ गते ७९ जनाको परिक्षण गर्दा २८ जनामा , चैत ३० मा ९५ जनाको परिक्षण गर्दा ४० मा , चैत २९ गते ६० जनाको परिक्षण गर्दा २८ मा र चैत २७ गते ३६ जनाको परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको थियो । यसैबिच वीरगन्जमा परिक्षण गराउन आउने मध्ये आधा जतिमा संक्रमण भेटिनुले वीरगन्जमा कोरोना संक्रमणले भयावह रुप लिन थालिसकेको डाक्टरहरुले बताएका छन् । 

डाक्टर उदय नारायण सिंह

नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले पोहोर साल कोरोनाको पहिलो लहरका बेला अधिकतम २० देखि २२ प्रतिशतमा मात्रै संक्रमण भेटिने गरेकोमा अहिले भने ५० प्रतिशतको हाराहारीमा संक्रमण भेटिन थालेकोले यहाको अवस्था डरलाग्दो बन्दै गएको संकेत गरेको बताउनुभयो । डाक्टर सिंहका अनुसार , अहिले परिक्षण गराउन आउनेहरु प्राय सबै कडा लक्षण देखा परिसकेकाहरु नै हुन् । सामान्य लक्षण भएकाहरु भने परिक्षण गराउन नआइ गाँउघरमै रहेकाले उनिहरुबाट समुदायमा संक्रमण फैलिरहेको डाक्टर सिंहले बताउनुभयो ।पर्सामा अहिले वीरगन्जको नारायणी अस्पतालमा मात्रै कोरोनाको परिक्षण भइरहेको छ । १४ स्थानीय तह रहेको पर्सा जिल्लामा वीरगन्ज महानगर बाहेक बाँकी १३ स्थानीय तहले कोरोना महामारीलाइ लक्षित गरि कुनै तयारी वा सावधानी अपनाएका छैनन् ।

डाक्टर निरज सिंह

नरायणी अस्पतालकै डाक्टर निरज सिंहले  वीरगन्जमा पछिल्लो एक हप्ताको कोरोना संक्रमण बृद्धिको दर हेर्ने हो  भने समुदायमै संक्रमण फैलिसकेको पुष्टि भएको बताउनुभयो ।वीरगन्जका सबै अस्पताल गम्भिर प्रकृतीको निमोनियाको लक्षण भएका शंकास्पद कोरोनाका बिरामीले भरिन थालिसकेको भन्दै उहाले यो बैशाख महिनाले गत वर्षको साउन महिनाको याद गराउने प्रबल सम्भावना देखिएकाले वीरगन्जवासी आफै सचेत बन्न आवश्यक भइसकेको बताउनुभयो ।भारतमा कोरोनाको दोस्रो लहर चलेपछि त्यसको असर नेपालका सिमावर्ती जिल्लाहरुमा पनि देखिएको हो ।लामो समयदेखि न्यून संक्रमित रहेको पर्सा लगायतका सीमावर्ती जिल्लामा पछिल्लो समय एकाएक संक्रमितहरुको संख्या बढ्नुले पनि भारतमा बढ्दो कोरोना कहरले नेपाललाई छोइसकेको पुष्टि गरेको छ ।कोरोना संक्रमणका कारण पछिल्लो एक हप्तामा पर्सा र बाराका ४ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयले पनि अस्ति बिहीबार मात्रै पर्सा , बारा सहितका १४ जिल्लालाइ संक्रमणको अति उच्च जोखीमका जिल्ला घोषणा गरिसकेको छ । पर्सामा दिनहु संक्रमण दर उच्च गतिमा बढि रहदा भने यहाका सरकोकारवाला निकायले संक्रमणलाइ लक्षित गरि प्रभावकारी कदम चाल्न सकेका छैनन् ।

Advertise:

Related posts

Leave a Comment