Rato Pana
शिक्षा हाइलाइट-समाचार

परिक्षाका कारण तत्कालै विद्यालयहरु बन्द गर्न नसक्ने अवस्था रहेको छ : नगरप्रमुख सरावगी

वीरगन्ज , ४ वैशाख

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले वीरगन्जमा कोरोना संक्रमण बढिरहेको भएपनि परिक्षाका कारण तत्कालै विद्यालयहरु बन्द गर्न सक्ने अवस्था नभएको बताउनुभएको छ ।

वीरगन्ज महानगरका विद्यालयहरुलाइ बैशाख  २० गते भित्रै सबै परिक्षा सकाउन निर्देशन दिइसकेको भन्दै सरावगीले त्यसपछि अवस्था हेरेर एक महिनाकै लागि विद्यालयहरु बन्द गर्ने सोचमा रहेको बताउनुभयो ।

यद्यपि यो बिचमा पनि कोरोना संक्रमणले बालबालिकामा पार्ने प्रभावका बारेमा जायजा लिने र बन्दै गर्नु पर्ने अवस्था आएमा विद्यालयहरु बन्द गर्न सकिने पनि उहाले बताउनुभयो । कोरोना कहरकै कारण जेठ ४ गतेदेखि सुरु हुने भनिएको कक्षा ८ को अन्तिम नगर स्तरीय परिक्षा अब बैशाख १२ गतेदेखि सुरु गर्ने निर्णय गरिएको उहाले बताउनुभयो ।

कोरोनाभाइरस सङ्क्रमणले निम्त्याउँन सक्ने संकटलाई मध्यनगर गर्दै समयमा परिक्षा सम्पन्न गर्ने उदेश्यले सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ८ को नगरस्तरीय अन्तिम परिक्षा बैशाख १२ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको सरावगीले बताउनुभयो ।

Related posts

Leave a Comment