Rato Pana
शिक्षा हाइलाइट-समाचार

वीरगन्जका विद्यालयहरु कक्षा ५ सम्म सोमबारदेखि बन्द गर्ने निर्णय

वीरगन्ज, ५ बैशाख

वीरगन्ज महानगरपालिकाले कक्षा ५ को सबै विद्यालयहरु बैशाख ६ गते सोमबारदेखि बन्द गर्ने निर्णय गरेको छ । आईतबार महानगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा बसेको महानगरपालिकाको बैठकले सोमबारदेखि कक्षा ५ सम्मको सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देशव्यापी रुपमा फैलिएको र त्यसको प्रत्यक्ष जोखिममा विद्यालयका बालबालिकाहरु पर्ने भएकोले जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै बैशाख ६ गते सोमबारदेखि महानगरक्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय भएको वीरगन्ज महानगरका प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।

कक्षा ५ सम्मको विद्यार्थीहरुको कक्षा वृद्धि आन्तरिक मूल्यांकनको आधारमा मिलाउन समेत सबै विद्यालयहरुलाई वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउतद्वारा हस्ताक्षरित सूचनामा अनुरोध गरेको छ।

Related posts

Leave a Comment