Rato Pana
समाचार हाइलाइट-समाचार

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

Advertise:
Advertise:
Advertise:

वीरगञ्ज, ७ वैशाख

वीरगञ्जमा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरूद्ध सोमबार छिमेकी बालिकालाई १० रुपैयाँ दिएर ललाइफकाइ बलात्कार गरेको अभियोग लागेको प्रहरीले जनाएको छ ।

जबर्जस्ती करणी मुद्दामा  पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई घटनाबारे थप अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Advertise: Advertise:

Related posts

Leave a Comment