Rato Pana
शिक्षा समाचार हाइलाइट-समाचार

स्कुलका बच्चाहरु संग खेलवाड गरे सहय हुदैन तत्काल परिक्षा लिने काम बन्द गरौ – मेयर सरावगी

वीरगन्ज, १२ वैशाख

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले वीरगन्जमा कोरोना संक्रमण बढिरहेको कारण तत्कालै बिरगंजका बिद्यालय स्तरिय सम्पूर्ण परीक्षा अर्को सुचना नभए सम्म स्थगित गर्ने निर्णय गर्नुभएको छ ।

वीरगंज महानगरपालिकाको निर्णय

वीरगन्ज महानगरका विद्यालयहरुलाइ बैशाख २० गते भित्रै सबै परिक्षा सकाउन निर्देशन दिएपनी संक्रमण दिनदिनै बढनलागेपछी सरावगीले बिद्यालय स्तरिय सम्पूर्ण परीक्षा अर्को सुचना नभए सम्म स्थगित गर्ने निर्णय गरिएको बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement

कोरोनाभाइरस सङ्क्रमणले निम्त्याउँन सक्ने संकटलाई मध्यनगर गर्दै समयमा परिक्षा सम्पन्न गर्ने उदेश्यले सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ८ को नगरस्तरीय अन्तिम परिक्षा बैशाख १२ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको सरावगीले बताएपनी हाल संक्रमितदर हवातै बढेको हेरेर  परिक्षा स्थगित गर्ने निर्णय गरिएको नगरप्रमुख सरावगी बताउनुहुन्छ।

वीरगन्ज माहानगरपालिका ले माहानगर भित्र रहेको सम्पुर्ण सामुदायिक र संस्थागत बिधालयहरुले हाल संचालन गरेका कक्षा ६ देखि कक्षा ९ सम्मको सम्पुर्ण परिक्षा अर्को आदेश नभइन्जेल सम्म को लागि स्थगित गरिएको ब्यहोरा सम्पुर्ण शिक्षक,बिद्यार्थी र अभिभावक हरु लाई जान्कारी साथ अनुरोध गर्दै सुचना जारी गरेको छ।

Related posts

Leave a Comment