Rato Pana
विचार

आँमा : बिकीं प्रजापती

वीरगंज, २८ वैशाख

आमा त्यो शब्द हो जुन शब्दको कुनै परिभाषा छैन जुन शब्दमा कुनै स्वार्थ छैन । बिहान आख़ा खुले पछी पहिले केही देख्न र कसैलाई सुन्ने ईक्क्षा राखेका हुन्छौ हो वहाँ आमा नै हुनुहुन्छ ।

आमा २४ सौ घंण्टा हाम्रो छाया बनेर हामी लाई केहि नहोस भनेर हाम्रो रक्षां गर्छिन। हामीले आमालाई केहि अशब्द बोलेपनी आमाले भने आशिषनै दिनुहुन्छ। आफू स्वस्थ नरहेपनी आफू पीड़ा सहेरपनी जहिले हाम्रो सफलताको र हाम्रो स्वास्थ्यको कामना गरछिन किनभने हामीलाई कहिले पीड़ा नहोस दुःख देखन नपरोस ।

आफू एक छाक नखाई हाम्रो भोकलाई मार्ने हाम्रो पेट भर्ने जोहो गर्छिन । यो संसारमा कसैले निस्वार्थ माया गर्छ भने त्यो आमा नै हुन ।

बिकीं प्रजापती

बर्षौ भरी ती आमा को कुरा नसुन्ने नबुझने बोल्दा झर्किने घर छाडि जाने र बर्षका एकदिन देखाउनलाई सामाजिक संजालको भित्तामा आमाको तस्बिर राखेर आमालाई माया गर्छु भनेर देखाउने चलन पनी हवातै बढेको सहजै हेर्न सकिन्छ , तर ती आमा संग दुई शब्द हाँसेर बोल्दैन्न जबकि छोरा छोरीहरू आमासंग थोरै हाँसेर बोल्दैमा खुशीले गदगद हुनछिन आमा ।

हामीले सबै दोह्र्याएर पाऊँछौ होला तर आमा र आमाले हामीलाई दिनुभएको जीवन दोह्र्याएर पाउने छैनौ ।
जती लेख्दा पनी शब्दहरूँ कम छन ती आमा को भावना र प्रेमको आगाडि लेखेर सकिन्न आमाको भावना र प्रेमको गाथा त्यस्तो अमुल्य हो ।

भगवान स्वरूप आमालाई मेरो नमन । मातातिर्थ औंसी अथार्त आमाको मुख हेर्ने दिनको शुभ अबसरमा नेपाल आमा लगायत सम्पूर्ण आमाहरुको सु-स्वास्थ्य दिर्घायुक कामना ।

बिकीं प्रजापती, (युवा समाजसेवी )

Related posts

Leave a Comment