Advertise: Advertise:
Advertise:
श्याम सर्राफ
वीरगंज, ६ जेठ
पर्सा जिल्लाको पोखरिया नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालयले पोखरिया नगरपालिका र मातहतमा रहेको प्रहरी चौकी सहित ग्रामीण क्षेत्र हेर्ने गरेको छ ।
पोखरिया नगरपालिका संगै ग्रामीण क्षेत्र र्हेनुपर्ने भएपछि पोखरियाका प्रहरी निरीक्षक दिपक कुमार सिंह अधिकांश समय आफ्नो ईलाकाका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले गत वैशाख १६ गतेबाट गरेको निषेधाज्ञा कार्यान्व्यन गर्न पनि प्रहरीलाई हम्मेहम्मे परिरहेका बेला प्रहरी निरीक्षक सिंह भने स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, लगायत संघसंस्था, सञ्चारकर्मी, स्थानीयसंग सहकार्य गर्दै सबै क्षेत्रमा लकडाउन लाई कार्यान्व्यन गराउदैं सचेतना मुलक जानकारीहरु समेत गराउदैं आएका छन् ।
कोरोना भाइरसले विश्वब्यापी रुपमा महामारीको रुप लिएसंगै यसको संक्रमण नेपालमा समेत देखा परेको छ । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको तथा पछिल्लो समय निषेधाज्ञा उल्लघन गर्नेको संख्या बढी रहेका बेला ईलाका प्रहरी कार्यालय पोखरियाले नागरिकलाई घरमै बसेर सहयोग गर्न तथा निषेधाज्ञा उल्लघन नगर्न आग्रह गर्दै आएको छ ।
निषेधाज्ञा भएको लामो समय भएकाले नागरिक सडकमा निस्कन खोज्नु सामान्य भएपनि संक्रमणको दर बढेकाले अझैं केहि समय धैर्य गर्नुपर्ने प्रहरी निरीक्षक सिंहको भनाई छ ।
प्रदेश-२ को ८ वटै जिल्लामा कोरोना संक्रमित धेरै रहेकाले यहाँ प्रहरीले सर्तकता अप्नाउनु जरुरी पनि हो । सामान्यता कार्यालय प्रमुख आफैं १८ घण्टाबढी खट्नु समान्य कुरा होइन् । तर, प्रहरी निरीक्षक सिंह नागरिकको सुरक्षाका लागि आफैं खट्ने गरेका छन् । सबैसंग समान रुपमा खट्दा प्रहरीमा समेत काम गर्ने उच्च मनोबल प्राप्त हुन्छ यसले शान्ति सुरक्षा कायम गर्न सहज हुने गर्दछ ।
आफ्नो ईलाका अन्तर्गत अधिकांश स्थानमा प्रहरी निरीक्षक आफैं फिल्डमा खटिएर मास्कको उचित प्रयोग गराउने , कोरोना भाइरसबाट कसरी आफुलाई सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा सचेतना जगाउनुको साथै माहामारीको नाममा भईरहेको कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन जस्ता कार्य गरिरहेका छन् ।
सबै स्थानमा प्रहरी पुग्न नसक्ने भएकाले सन्देश मुलक जानकारीहरु माइकिङ मार्फत सबै ठाँउमा पुर्याउने कार्य भइरहेको बताउछन । पर्सा जिल्लाको दोस्रो सदरमुकाम र ब्यस्त शहरको रुपमा रहेको पोखरियामा भीडभाड कम गराउन भौतिक दुरी कायम गराएर मात्रै सामान खरिद तथा विक्रि गर्न सचेतना फैल्याउने कार्य गरिएको बताउछन ।
उनले जिल्ला प्रशासन कार्यालय पर्साले आगामी जेठ १३ गते सम्म निषेधाज्ञा बढाएको घोषणा गरेको तथा नेपालमा जोखिम बढ्दै गएकाले नागरिक आफैं सचेत बनेर सहयोग गर्नु पर्ने बताए । एक ब्यक्तिको लापरबाहीका कारण सयौं मानिष प्रभावित हुन सक्ने भएकाले नागरिक आफैं सचेत बन्नु पर्ने प्रहरी निरीक्षक सिंहले बताए ।
निषेधाज्ञाको अवधिमा घरेलु तथा मानसिक हिंसामा वृद्धि हुन सकने भएकाले यस तर्फ समेत प्रहरीले ध्यान केन्द्रित गरेको उनले जानकारी दिए । प्रहरी निरीक्षक सिंहले दिनरात प्रहरी सडकमा खटिने भएकाले अनावश्यक रुपमा लकडाउन उल्लघन गर्ने तथा प्रहरीको मनोबल गिराउने कुनै पनि कार्य नगरिदिन सबैसंग आग्रह गरेका छन् । अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गर्दै कोरोनालाई घरमै बसेर जित्न उनले आग्रह समेत गरेका छन् ।
यस संगै हिजो मात्रै पर्साको बिन्दवासनी गाउँपालिका इटियाहि वडा न.३ मा अबैध रुपमा सन्चालित रहेका मदिरा भट्टीहरु पोखरिया प्रहरी द्वारा नस्ट गरिएको थियो। आज पनी ईलाका प्रहरी कार्यालय पोखरिया द्वारा अबैध घरेलुु मदिरा तथा भट्टी नस्ट गरिएको छ । अबैध रुपमा भट्टी संचालन रहेको सुचना पाएपछि प्रहरीले आज अन्दाजी दिनको २:१५ बजे मदिरा तथा भट्टी नस्ट गरेको छ।
ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरिया बजार वडा न.४ मा किशोरी साह कलवारको घरमा अबैध रुपमा सन्चालित रहेको मदिरा भट्टीबाट मदिरा तयार पार्ने कच्चापदार्थ अन्दाजी ७०० लि. र मदिरा उत्पादन गर्ने मेसिन, भाडाकुडाहरू नियन्त्रणमा लिई नस्ट गरिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक सिंह बताउनुभयो।
स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, संघ संस्था तथा नागरिकले पूर्ण रुपमा सहयोग गरेकाले नै लकडाउन कार्यान्व्यन र शान्ति सुरक्षा कायम गराउन प्रहरी सफल भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । उनले इलाका प्रहरी कार्यालय पोखरिया र मातहतमा कार्यरत सबै प्रहरीको स्वास्थ्य प्रति आफु उत्तिकै चनाखो भएकाले कोरोनाको संक्रमणबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा सबैलाई सचेत गराउदै आएको उल्लेख गरे ।