Rato Pana
प्रदेश २ समाचार स्वास्थ्य

सामाजिक अभियन्ता प्रकाश थारूको पहलमा नारायणी अस्पतालमा मेडिकल उपकरण सहयोग ।

श्याम सर्राफ
बीरगन्ज, ७ जेष्ठ 
सामाजिक अभियन्ता प्रकाश थारूको पहलमा राधा पौडेल फॉउंडेशन काठमाडौं द्वारा विभिन्न मेडिकल उपकरण नारायणी अस्पतालमा सहयोग गरिएको छ।

अस्पताललाई हस्तान्तरण गरिएका ऑक्सिजन कॉन्सनट्रेटर २ थान, पल्स ऑक्सिमिटर १० थान ,पी पी ई सेट १० थान , पैड २५ थान , फेस शील्ड ५० थान रहेको जनाइएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच अभियन्ता थारू सम्पुर्ण मेडिकल उपकरणहरु नारायणी अस्पतालका नव नियुक्त कार्यबाहक मेसु डॉक्टर बिरेन्द्र प्रधानलाई हस्तान्तरण गरेका छन् ।

मेडिकल उपकरणहरु ग्रहण गर्दै डा. प्रधानले यस परिस्थितीमा अस्पताललाई मेडिकल उपकरण सहयोग गर्ने राधा पौडेल फॉउंडेशन काठमाडौं परिवार प्रति धन्यवाद व्यक्त गरे ।

हस्तान्तरण कार्यक्रममा नारायणी अस्पतालमा कार्यरत डॉक्टर सरोज सिंह, डॉक्टर रोशन अली लगायत डॉक्टरहरुको अपस्थिति रहेको शैलेन्द्र त्रिपाठी ले बताउनु भयो ।

Related posts

Leave a Comment