Rato Pana
प्रदेश २ समाचार स्वास्थ्य

“मा” द्वारा नारायणी अस्पताललाई भेन्टिलेटर सहित विभिन्न स्वास्थ्य उपकरण सहयोग ।

Advertise: Advertise: Advertise:

वीरगञ्ज, ८ जेठ

मधेसी एशोसियसन ईन अमेरिका क्यार्लिफोर्नीया अध्यायले वीरगञ्जको नारायणी अस्पताल लाई विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराएको छ ।

रेलवे कटेजको समन्वय र सामाजिक अभियानता तथा युवा नेता ओमप्रकाश सर्राफको पहलमा स्वास्थ्य उपकरण उपलब्ध गराइएको हो । कोरोना भाइरसको महामारीका कारण अस्पतालमा स्वास्थ्य सामाग्रको अभावलाई मध्यनजर गर्दै बिप्याप (ननइन्भेसिभ भेन्टिलेटर) १ थान, डिजिटल बिपी सेट २० थान, अक्सिमिटर २० थान र इन्फ्रारेड थर्माेमिटर २० थान सामाग्री सहयोग गरेको सर्राफले बताए ।

अमेरिकामा बस्ने नेपाली समुदायका व्यक्तिहरुको सहयोगबाट अस्पताललाई सहयोग गरिएको अध्यायका अध्यक्ष दिनेश साहले बताए । उक्त सामाग्री युवा अभियानता सर्राफले नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधान, डा. रोशन अली, कोभिड संयोजक डा. सरोजरोशन दास, नर्स कोर्डिनेटर हेमा थापा लगायतको उपस्थितीमा हस्तान्तरण गरेका हुन् ।  

Advertise:

Related posts

Leave a Comment