Rato Pana
समाचार समाज हाइलाइट-समाचार

दुई जना बालकको हत्या गर्ने पक्राउ

Advertise: Advertise:

श्याम सरार्फ
वीरगन्ज ९ जेठ
बाराको कलैयाका दुई जना बालकको हत्या गर्ने अपराधीलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी आईतबार सार्वजनिक गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरका दुई बालकको हत्या गर्ने सोही टोलका २५ वर्षिय फरमुल्लाह अंसारीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । रंगपुरका दुई जना बालकको शव जेठ ४ गते वडा नम्बर ११ मा फेला परेको थियो । दुई बालक जेठ ३ गते साझदेखि नै बेपत्ता भएका थिए । घटना भए लगत्तै प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको नेतृत्वमा अनुसन्धानको प्रक्रिया अघि बढाएको बारा प्रहरीले पाच दिनमै हत्यारा पक्राउ गरी सार्वजनिक गर्न सफल भएको जनाएको हो ।

सोही क्रममा घटनाको अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक गौतम मिश्रको नेतृत्वमा ९ सदस्य छानविन कमिटि गठन गरिएको थियो ।सोही अनुसंधानका क्रममा अंसारीलाई पक्राउ गर्न सफल भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । मृतक बालकको पिता भने बैदेशिक रोजगारीका शिलसिलमा कतारमा रहेका छन् । बालकहरु हत्या भएको दिन भने उनीहरुकी आमा कलैया छाडी जीतपुर गएकी थिइन् ।

Advertise:

Related posts

Leave a Comment