Rato Pana
विचार समाचार समाज

उनलाई सोध्नुस् भोक के  हो ?

श्याम सर्राफ

भक्तपुर, ११ जेठ

भोक खेपन नसकेर चितामा जलेर खरानी हुन नपाएको मान्छेकै मासुपनि बटुलेर खाने गरेका उद्धारको समयमा उनीबारे थाहा पाउनेहरु बताउँदै थिए ।

४ कक्षा पढ्दा पढ्दै बा आमाको झर्किफर्कि र साथिभाईको सँगतको कारण उनले १२ बर्षको उमेरमा घर छाडे । आफूलाई जन्मदिने आमाबाबा बाट नपाएको माया यो विरानो शहरले काहाँ पूर्ति गर्न सक्थ्यो र ।

सानै उमेरमा परिवारबाट एक्लिएपछि उनले भक्तपुर र काठमाडौंमा कार्टुन र प्लाष्टिक उठाउन थाले । नयाँ ठाउँ, शहरी रहनसहन उनलाई शुरुवातका दिनहरुमा त केही रमाईलो नै थियो । साथीभाईको साथले उनले संसार जितेझै ठान्थे ।

सबैकुरा सधै उस्तै कहापो हुन्थ्यो र ? कार्टुन र प्लास्टिक उठाउन नसकेको दिन वा पेटभर खान पुग्ने पैसा नकमाएको दिन भोकै बस्नुपथ्र्यो । समयसँगै उमेर बढ्दै गयो । जीवनको धरातल र बास्तविकता विस्तारै समझमा आउन थाल्यो । भोक भोकै बस्नुपरेका अनुभव त उनीसँग यतिधेरै छन् सायद चाहेर पनि जीवनभर विर्सन सक्दैनन् ।

मानवसेवा आश्रमका उद्धार टोलि कमलपोखरी भक्तपुर पुग्दा उनी बाटोमा कसैले फालेको फोहोर टिपेर खाँदै गरेका अवस्थामा भेटीएका थिए । जगातिको हनुमान थान नजिकै सडकपेटीमा रहने उनले भोक खप्न नसकेर चितामा जलेर खरानी हुन नपाएको मान्छेकै मासुपनि बटुलेर खाने गरेका उद्धारको समयमा उनीबारे थाहा पाउनेहरुले बताउँदै थिए ।

उनले १२ बर्ष सडकमै कष्टपुर्ण जीवन विताए । अब उनी झण्डै २५  बर्षका पुगिसकेका छन् । उनलाई पढ्न मन नभएको पनि होईन, तर उनले चाहेर पनि आफ्नो बाल्यकाल फर्काउन सक्दैनन् । उनलाई फेरी १२ बर्षकै उमेर फर्केर विद्यालय जाने रहर त छ, तर त्यो कुरा कल्पना मात्रै रहयो ।

मानवसेवा आश्रमले उद्धार गरिदिएकोमा उनी खुशी छन् । कम्तिमा एक गाँस भोजनको लागि उनले अब छट्पट्टिन परेको छैन । बा आमाले लगे घर गएर सहयोग गर्ने, नत्र आश्रममै सेवा गर्ने उनको  चाहाना छ ।

सडकजीवन नै विताएपनि जाँड रक्सि र दुर्वसनको लत नभएका उनलाई राम्रो मार्गमा हिडाउँन सकियो भने अझैपनि उनको जीवनबाट निरास हुनुपर्ने अवस्था छैन । २०७८ बैशाख १० गते सुर्यविनायक नगरपालिका–१० कमलविनायक, भक्तपुरबाट उद्धार गरिएका उनी मानवसेवा आश्रम भक्तपुर शाखाको कौशलटार सेवाकेन्द्रको संरक्षणमा छन् ।

उनी अर्थात सुमेरु मगरको मासिक पालनपोषण खर्च वेहोरी निजको अभिभावकत्व ग्रहण गर्न चाहानुहुन्छ भने मानवसेवा आश्रम भक्तपुर शाखाको सेवामा समर्पित अभियान्ता काव्या पोखरलाई ९८६७२४९४३० मा र विवेक महतोलाई ९८४४५७१३७४  मा सम्पर्क गर्न सक्नुहुनेछ । वा वा मानवसेवा आश्रम भक्तपुर शाखाको सम्पर्क फोन : ०१६६३१५०७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

आश्रमका स्वयंसेवक विवेक महतोको सहयोगमा तैयार पारिएको रिपोर्ट

Related posts

Leave a Comment