Rato Pana
समाचार स्वास्थ्य हाइलाइट-समाचार

निजी अस्पतालले संक्रमितको उपचार वापत लिने शुल्क माथी महानगरपालिकाको ध्यानाकर्षण ।

Advertise: Advertise:

आदित्य महताे
वीरगन्ज ११ जेठ
वीरगंजमा रहेका केही निजी अस्पतालले कोरोना संक्रमितको उपचार वापत लिने शुल्कको विषयलाई लिएर विभिन्न संचार माध्यम र समाजिक सञ्जालहरुमा उठाइएको विषय प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको वीरगंज महानगरपालिकाले जनाएको छ ।

मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै महानगरपालिकाले समुदाय स्तरमा फैलिएको कोभिड संक्रमणका कारण जनजीवन नै संकटमा पुगेको अवस्थामा कोरोना संक्रमितहरुको उपचारका लागि निजी अस्पतालले लिने शुल्कका वारेमा नेपाल सरकारले तोकेको शुल्क भन्दा बढी रकम विरामीसँग असुल गरेको पाइएमा कानुन वमोजिम कार्वाही हुने समेत चेतावनी दिएको हो ।

कोभिड नियन्त्रणका लागि एकीकृत रुपमा संघिय सरकारले नै कानुन निर्माण गरी जिल्ला तहमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मार्फत निर्णय गरिने व्यवस्था अनुसार नै अस्पतालमा विरामीको उपचार र त्यसको व्यवस्थापनका सन्दर्भमा समेत सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन भएको र हालै विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा उठाइएका विषयमा अनुगमन गरि कानुन विपरित शुल्क उठाईएको पाइएमा त्यस्ता अस्पताललाई कार्वाहीको दायरामा ल्याईने जानकारी समेत सूचना मार्फत वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले गराएका छन् ।

कोरोना भाइरसका कारण समुदाय नै अप्ठारोमा परेको स्थितीमा मानवीय सेवाको उच्च भावनाले काम गर्न र संक्रमित विरामीको उपचारमा संवेदनशील भइदिन वीरगंजमा संचालित सम्र्पूण अस्पताल संचालकहरुसँग वीरगंज महानगरपालिकाले अपिल गर्दछ भनेर बिज्ञप्तीमा उल्लेख गरीएको छ । वीरगंज महानगरपालिकाले नागरिक स्तरबाट उठाईएका सकारात्मक सुझावलाई सदैव आत्मसाथ गरिने कुरा विश्वस्त तुल्याउन चाहेको नगर प्रमुख सरावगीले प्रेस बिज्ञप्ती मार्फत स्पष्ट पारेका छन् ।

Advertise:

Related posts

Leave a Comment