Rato Pana
अर्थ समाचार हाइलाइट-समाचार

अबैध वित्तिय कारोवार गर्ने दुई जना पक्राउ ।

श्याम सर्राफ
पर्सा, १३ जेठ
पर्सा प्रहरीले वित्तीय कारोवार (हुण्डी) गर्ने दुई जनालाई पक्राउ गरेको छ । आज दिउँसो करीब ११:०० बजे गुप्ता र जैसवाल बीरगञ्जबाट पक्राउ परेका हुन ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा बारा जिल्ला प्रसौनी गा.पा.वडा नं.६ घर भई जिल्ला बीरगञ्ज म.न.पा.वडा नं ८ बीरगञ्ज पब्लिक क्याम्पस छेउमा डेरा गरी बस्ने २६ वर्षका शिव आनन्द गुप्ता समेत २ (दुई) जना व्यक्तिहरूले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ।

वीरगञ्ज म.न.पा.वडा नं.११ श्रीपुर बस्ने १९ वर्षका प्रकाश जैसवालले कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई निजले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रू.२४,००,०००।– (चौबीस  लाख) फेला परेको साथै शिव आनन्द गुप्ताको डेरामा खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइछिपाई राखिएको रू.२९,८०,०००।– ( उन्नतीस लाख असी हजार) थप फेला परेको हुँदा  दुवै रकम गरी जम्मा नेपाली रू.५३,८०,०००।– (त्रिपन्न लाख असी हजार) बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिईएको छ।

निज दुबैजना माथी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Related posts

Leave a Comment