Rato Pana
अर्थ समाचार

पर्सा प्रहरीले विभिन्न समयमा बरामद गरेको सामान वीरगंज भन्सारलाई बुझायो।

श्याम सरार्फ
वीरगन्ज १३ जेठ

पर्सा प्रहरीले विभिन्न समयमा बरामद गरेको सामान वीरगंज भन्सार कार्यालयलाई बुझाएको छ ।

वीरगंजको ईनर्वा , भकुवा , छपकैया ,सिर्सिया र नगवा लगायतका स्थानबाट अवैध रुपमा भन्सार छलि गरी भित्र्याउँदै गरेको कुर्ता सुरुवाल ,साडी लगायतका सामाग्री आज वीरगंज भन्सार कार्यालयमा बुझाएको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।

विभिन्न नाकाबाट बरामद गरेको करीब ४ लाख ६ सय मुल्य बराबरको लत्ता कपडा लगायतका सर सामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको खनालले जानकारी दिनुभयो ।

Related posts

Leave a Comment