Rato Pana
समाचार समाज हाइलाइट-समाचार

मानवसेवा आश्रम द्वारा ४ बर्ष देखि फलामको सिकडीले बाधिएका ठाकुरको उदार ।

Advertise:
Advertise:
Advertise:

पर्सा, २२ जेठ
मानवसेवा आश्रम विरगंज शाखा द्वारा बारा जिल्लाको कलैया उपमहानगरपालिका वार्ड नम्बर १८ स्थित रहेका एक जनाको उद्धार गरिएको छ ।

जागेश्वर ठाकुर नाम भएका उनलाई आफ्नै परिवारजनले साङ्लोले बाधेर राखेका थिए । १२ वर्ष अघि ठाकुर एक धेरै नाम चलेका मिस्त्री थिए । उनले गरेको काठको काममा उनको सिपको चर्चा सम्पूर्ण गाउँमा हुने गर्दथ्यो । तर १२ वर्षदेखि उनको मानशिक सन्तुलन बिग्रिएको हुनाले उनी मानिषलाई देख्दा गाली गर्ने मात्रै होइन एक्लै पनि कराई रहन्छन् ।

परिवारका सदस्यले लगेर उनलाई दिएको खाना कहिले खान्छन् त कहिले रिसाएर फाली दिन्छन् ।
मानव सेवा आश्रम वीरगञ्ज पर्साको टिम सामाजिक अभियान्ता प्रकाश थारु र पत्रकार सुरेश बिडारी सहितको टोली त्यहाँ पुगेर उनको फलामको सिकड़ीलाइ हथौडाले काटि बाहिर निकालेर नुहाई धुआइ गराएर, नया कपड लगाइदिएर उद्धार गरेका हुन।

अब उप्रान्त उनलाई आश्रममा राखेर उनको उपचार गर्ने मानवसेवा आश्रम प्रदेश नम्बर २ का संयोजक देवेश गुप्ताले जानकारी दिए ।

Advertise: Advertise:

Related posts

Leave a Comment