Rato Pana
प्रदेश २ शिक्षा समाचार हाइलाइट-समाचार

वीरगन्जमा असार १ देखि विद्यालयहरु खुल्ने

आदित्य महताे

वीरगन्ज २२ जेठ
वीरगञ्ज महानगरपालिकाको कार्यालयले कोभिड महामारीका कारण विगत २ महिना देखि बन्द रहेका सामुदायिक र संस्थागत विद्यालयहरुमा असार १ देखि खोल्ने र असार १६ गते देखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले हिजो साँझ एक सूचना जारी गर्दै असार १ गते देखि विद्यालय खोलेर सबै तयारी गरि असार १६ गते देखि भने अभिभावकसँग लिखित सहमति गराई नियमित रूपमा महानगरका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुमा कक्षा ८ देखि कक्षा १२ सम्मको पठन पाठन सूचारु गर्न निर्देशन दिएको हो ।

महानगरपालिकाको सूचनामा ,कोरोनाभाइरस महामारी नियन्त्रण हुँदै गएकाले असार १ गतेदेखि ७ गतेसम्म विद्यार्थी भर्ना लगायतका व्यवस्थापकिय काम गर्न , असार ८ देखि १५ गते सम्म विधार्थी भर्नाका लागि घरदैलो अभियान सन्चालन गर्न र असार १६ गते देखि नियमित रुपमा पठन पाठन सञ्चालन गर्न निर्देशन दिइएको उल्लेख छ ।

Related posts

Leave a Comment