Rato Pana
प्रदेश २ स्वास्थ्य हाइलाइट-समाचार

पर्सामा संक्रमण दर ह्वात्तै घट्यो

आदित्य महताे

वीरगन्ज २४ जेठ
वीरगन्जमा आज गरिएको कोरोना संक्रमणको परिक्षणमा ५ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा आज अपरान्ह ९६ जनाको परिक्षण गरिदा ५ जनामा मात्र संक्रमण पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

आज संक्रमण पुष्टि भएका ५ जना मध्ये पर्सा जिल्लाका २ जना , बाराका २ जना तथा रौतहट १ जना रहेका छन् ।

११ बर्षदेखि ५० बर्ष उमेर समूहका ४ जना पुरुष र १ जना महिला गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

Related posts

Leave a Comment