Rato Pana
राजनीति समाचार समाज

ढुंगा गिट्टीको नाउँमा देश बेच्न पाईदैँन भन्दै नेविसंघको प्रदर्शन ।

बीरगन्ज, २५ जेष्ठ

नेपाल विद्यार्थी संघ ठाकुरराम ईकाई समितिले ठाकुरराम क्याम्पसको मूलगेटमा विरोध प्रदर्शन गरेको छ । चुरे विनाश भइरहेको अवस्थामा आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अवैध उत्खनन्लाई सरकारले प्रोत्साहन गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।

नेविसंघका ईकाई अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा भएको प्रदर्शनमा सहभागिहरुले चुरे बचाऊँ देश जोगाऊँ, चुरेको व्यापार राष्ट्रघाती कदम हो, चुरेको माटो चुरेलाई सफा पानी सबैलाई, ढुंगा गिट्टीको नाउँमा देश बेच्न पाईदैँन, चुरे हाम्रो माई हो यसलाई जोगाउने हाम्रो लडाईं हो लगायतका नारा लगाउँदै आज प्रदर्शन गरेका हुन ।

ईकाई अध्यक्ष साहले सरकारको यो निर्णय राष्ट्रघाती भएको भन्दै आफुहरु विरोधमा उत्रिएको बताए । पछिल्लो समय भईरहेको निरन्तरको चुरे दोहनले मधेशमा पानीका मुहानहरु सुक्दै गईरहेको अवस्थामा सरकारको यो निर्णयले मधेशमा पानीको चरम अभाव सृजना भईरहेको उनको भनाई छ।

प्रर्दशनमा शेष हजरा, बिट्टु पटेल, शेखर गुप्ता, अभिनाष गुप्ता, प्रिंस तिवारीललगायतकाहरुको सहभागिता रहेको थियो ।

Related posts

Leave a Comment