Rato Pana
प्रदेश २ समाचार स्वास्थ्य हाइलाइट-समाचार

पर्सामा ४ जनामा कोरोना संक्रमण र २ जनाको मृत्यु ।

आदित्य महताे

वीरगन्ज, २७ जेठ
वीरगन्जमा आज थप ४ जनामा मात्रै कोरोना संक्रमण भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा जम्मा ४ जनामा संक्रमण पुष्टी भएको हो । जसमा पर्साका तीन र रौतहटका एकजना रहेका छन् । कुल ५० जनाको पिसिआर परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टी भएको हो ।

उनीहरु मध्ये तीनजना पुरुष र एकजना महिला रहेको नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए । उनीहरुको उमेर समूह ३० देखि ६८ रहेको पनि डा. दासले जानकारी दिए ।

यसैबीच वीरगन्जमा आज थप दुईजनाको कोरोना भाइरसको कारण निधन भएको छ । आज बिहान १ बजेर ४० मिनेटमा निलकण्ठका ८८ बर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख २६ गते नारायणी अस्पतालमा भर्ना भएका उनीमा सोही दिन कोरोना चेक गर्दा पोजेटिभ देखिएको थियो ।

यसैगरी पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ का ८० बर्षीया महिलाको आज बिहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको नाराणी अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए । उनी नारायणी अस्पतालमा जेठ २५ गते भर्ना भएको र सोही दिन उनीमा संक्रमण पुष्टी भएको थियो ।

Related posts

Leave a Comment