Rato Pana
प्रदेश २ समाचार स्वास्थ्य हाइलाइट-समाचार

वीरगन्ज महानगरपालिकामा कोरोना संक्रमणको एन्टिजेन विधिबाट परीक्षण शुरु ।

आदित्य महताे
वीरगन्ज, २७ जेठ
वीरगन्ज महानगरपालिकाले कोरोना संक्रमणको एन्टिजेन विधिबाट परीक्षण शुरु गरेको छ ।

महानगरपालिकाले बालमन्दिरमा यसअघि पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दै आएकोमा स्वाब संकलन गर्न रोकेर एन्टिजेन परीक्षण शुरु गरेको महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगले जानकारी दिनुभयो ।

महानगरपालिकाले फैलदो कोरोना संक्रमणको श्रृंखला तोड्न एन्टिजेन विधिलाई जोड दिदै आएको छ ।स्वाब संकलन गर्दै आएको समय तालिका अनुसार नै एन्टिजेन परीक्षण गरिने महानगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी जहिर आलमले बताए ।

Related posts

Leave a Comment