Rato Pana
समाचार समाज स्वास्थ्य

अग्नी ग्रुप द्वारा नारायणीअस्पताललाई आवश्यक सामाग्री सहयोग ।

आदित्य महताे

वीरगन्ज २७ जेठ
नेपालको व्यापारिक समूह अग्नी ग्रुपले नारायणी अस्पताललाई सहयोग गरेको छ ।

काभिड–१९ महामारीको दोश्रो भेरियण्टमा वीरगन्ज पनि उच्च जोखिममा निरन्तर संक्रमितहरुको उपचार सेवा दिएको नारायणी अस्पताललाई बिहीबार अग्नी ग्रुपले आवश्यक उपकरणहरु सहयोग गरेको हो ।

ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठले ३०० केभीएको स्टेपलाईजर एकथान, २० केभिएको युपिएस एकथान र ३२६ एम्पियरको व्याट्री १६ थान वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको रोहरबरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विरेन्द्र प्रधानलाई हस्तान्तरण गरिएको अग्नी ग्रुपका वीरगन्ज शाखा प्रमुख प्रमोद क्षेत्रीले जानकारी दिए ।

सबै सामान गरी कूल १५ लाख मूल्य बराबरको रहेको उपकरणहरु उपलब्ध गराएको उनले बताए । हस्तान्तरण गरिएको उपकरणहरु कोभिड अस्पतालले संचालन गरेको आईशोलेसन वार्डका लागि उपयोगी हुने क्षेत्रीले बताए।

Related posts

Leave a Comment