Rato Pana
प्रदेश २ राजनीति समाचार हाइलाइट-समाचार

प्रदेश नं २ का प्रदेश प्रमुख झाद्वारा प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

Advertise:

जनकपुरधाम , २८ जेठ
प्रदेश नंं २ का प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷८९ का लागि तयार पारिएको नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा पेश गर्नु भएको छ ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कोरोना महामारीको नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, उपचारका लागि थप अस्पतालको निर्माण देखि विभिन्न सेवाहरू थप गर्ने नीति लिएको छ ।

यसका साथै सम्भावित नयाँ लहरलाई देखेर चाडै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहने गरी शिशुको सघन उपचार कक्ष सहित ५ सय शय्याको अस्पताल जनकपुरधाममा चाडै नयाँ अस्पतालको निर्माण गरेर सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

यसका साथै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा पठन पाठन सञ्चालन गर्ने गरी प्रादेशिक अस्पताललाई ५ सय बेड सञ्चालन गर्ने, वायोमेडिकल इन्जिनियरिङको पठन पाठन सञ्चालन गर्ने, सिँचाइका लागि सानो देखि मझौलासम्मको सिँचाई योजना सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख रहेको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा, कृषि, सिँचाई, स्वरोजगार, पूर्वाधारको निर्माण, चुरेको संरक्षण, पर्यटन क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरूको घोषणा प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

प्रदेश प्रमुख झाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा छोरी शिक्षालाई थप प्रभावकारी बनाउनका लागि छोरी बिमा कार्यक्रमलाई निरन्तरता दिँदै बिमा रकम तीन लाख पुर्‍याउने उल्लेख रहेको छ । यसका साथै छोरीलाई ल्यापटप वितरण गर्ने, विद्यालयमा छात्रा शौचालय सहितका पूर्वाधारहरूको निर्माणलाई निरन्तरता दिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

प्रदेश सरकारले जनकपुर जयनगर बर्दिबास रेल सेवा सञ्चालनका लागि सङ्घीय सरकारसँग सहकार्य गरेर चाडै सञ्चालनमा ल्याउने, प्रत्येक निर्वाचन क्षेत्रलाई अर्को निर्वाचन क्षेत्रलाई जोडने ५ किलोमिटर कालोपत्रे सडकको निर्माणलाई निरन्तरता दिने, मुख्यमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिने, दलित छात्रावास, सार्वजनिक दलान, सार्वजनिक शौचालय सबै निर्वाचन क्षेत्रमा निर्माण गर्ने नीति तथा कार्यक्रममा प्रदेश सरकारले नीति कार्यक्रममा उल्लेख गरेको छ ।

यसका साथै चुरेको संरक्षण गरी चुरेलाई असर पार्ने गतिविधि नियन्त्रण एवं रोकथाम गर्ने, मधेसलाई मरुभूमि हुनबाट जोगाउनका लागि संरक्षणका थप कार्यक्रमहरू सञ्चालन गर्ने, जनकपुरधामलाई शिक्षाको हबको रुपमा विकास गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । यसका लागि उद्योग कलकारखानाको स्थापनामा जोड दिने, वातावरण संरक्षणका लागि काम गर्ने, जानकी मन्दिरलाई केन्द्रमा राखी प्रदेश भरिका महत्त्वपूर्ण स्थललाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने उल्लेख रहेको छ ।

यस अघि प्रदेश प्रमुख राजेश झा अहिराज प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश सभामा पुग्दा मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नंं २ का सभामुख सरोज कुमार यादव, मन्त्रीहरू तथा प्रदेश सभाका उच्च कर्मचारीहरूले स्वागत गर्नु भएको थियो  

Related posts

Leave a Comment