Rato Pana
समाचार समाज स्वास्थ्य

हेल्प डेस्क समापन संगै चौबिसै घण्टा हेल्पलाइन नम्बर संचालनमा ।

Advertise:

बिरगंज ३० जेठ

विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला बिरगंजका युवाहरूले बिरगंज नगरवासीका सहयोगको लागि हेल्प डेस्क को स्थापना गरेको थियो तर यो हेल्प डेस्क ले बिरगंज लगायत अन्य ठाउँ का मानिषहरु लाई पनी सहयोग गर्दैआईरहेको सबैले महसुस गरेका छन।

यस हेल्प डेस्क ले महामारीको बेला कोइ भोको पेट ना रहोस, कसैलाई स्वास्थ्य समस्या परेमा तत्काल सहयोग गर्ने, अति बिपन परिवार लाई राहत बितरण गर्ने, निशुल्क एम्बुलेन्स सेवा, रगत को समस्या लाई पूर्ति गर्ने जस्ता अमुल्य सहयोगको उदेश्यले हेल्प डेस्कको संचालन गरिएको थियो।

हेल्प डेस्क ले २३ औ दिन मा आफ्नो हेल्प डेस्क लाई समापन गरि हेल्प लाईन नम्बर ९८५५०८८२७२ ९८०४२६४००१ संचालन गरेको छ। यस हेल्प डेस्कले २३ दिनमा बिरगंज मा मात्र नभएर अरु ठाउँ ठाउँ मा पुगेर ६५० गरिब परिवार लाई राहत बितरण गरेको छ साथै २१ बिपन परिवार लाई निशुल्क औषधी र ४३ परिवार लाई निशुल्क एम्बुलेन्स सेवा सहयोग गरेको छ।

हेल्प डेस्कले २३ दिनमा बिरगंज लगायत अन्य ठाउँ हरु बाट नगद ३ लाख , ९०० किलो चामल , १५५ किलो दाल , २०० किलो आलु , ५ कार्टुन तेल , २ बोरा प्याज , १०० प्याकेट आटा को सहयोग प्राप्त गरेको छ। साथै जगदम्बा स्टील का संचालक पवन गुप्ता ले (३००००) तिस हजार को औषधी हेल्प डेस्क लाई सहयोग गर्नु भएको थियो। यो हेल्पडेस्क लाई २३ दिन देखी निःशुल्क रुपमा टेंट लाइट जगमग डेकोरेटर का अवधकिशोर चैरसिया ले सहयोग गर्नु भएको थियो ।

युवा वचन संस्था का केन्द्रीय संस्थापक अध्यक्ष पियुष कादमिया र हेल्प डेस्क का संयोजक किशन सर्राफ को नेतृत्व मा संचालन हेल्प डेस्क को समापन कार्यक्रम मा प्रमुख अतिथि विजय कुमार सरावगी र अतिथि मा मुकेश अग्रवाल , पवन गुप्ता , राज रुंगटा , प्रमानन्द कादमिया , दिपक टीब्रेवाल लगायतको उपस्तिथी थियो ।

Related posts

Leave a Comment