Rato Pana
समाचार स्वास्थ्य

विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजमा रक्तदान ।

Advertise:

वीरगंज, ३१ जेठ

अनेरास्ववियु (क्रान्तिकारी) वीरगंज महानगर समितिको आयोजनामा सोमबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसरमा भएको कार्यक्रममा एक महिलासहित ३२ जनाले रक्तदान गरेका थिए । 

वीरगंज घण्टाघरस्थित भएको कार्यक्रममा जुबेर आलम, विवेक साह, एहसान अंसारी, सगिर अंसारी, नेहा मण्डल, ईब्राहम मंसुरी, रामबाबु मण्डल, रबिन्द्र गुप्ता, साविर हुसेन, अजय श्रेष्ठ लगायतकाले रक्तदान गरेका थिए । 

अनेरास्ववियु (क्रान्तिकारी) वीरगंज महानगर समितिका अध्यक्ष विवेक साहको अध्यक्षता र नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष बिजय महतोको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य छोटेलाल यादव, रामदरश कुशवाहा, अनेरास्ववियु (क्रान्तिकारी) प्रदेश २ का सह–संयोजक प्रभाकर गुप्ता, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज जुवेर आलम, जिल्ला अध्यक्ष कबिराज पटेल, उपाध्यक्ष संदिप विक्रम साह लगायतको उपस्थिति रहेको थियो । 

रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा भएको थियो ।

Related posts

Leave a Comment