Rato Pana
राजनीति हाइलाइट-समाचार

गिरिजाप्रसाद कोईराला फाउण्डेसन पर्साले आजदेखी विभिन्न कार्यक्रमको आयोजना गर्ने ।

Advertise:
Advertise:
Advertise:

आदित्य महतो

वीरगन्ज,२० असार
पूर्व प्रधानमन्त्री एवम् काँग्रेस सभापती स्व.गिरिजा प्रसाद कोईरालाको ९८ औँ जन्म जयन्तीको अवसरमा गिरिजाप्रसाद कोईराला फाउण्डेसन पर्साले आजदेखी विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

गत असार १७ गते भएको फाउण्डेसनको निर्णय अनुसार आजदेखी विभिन्न कार्यक्रमको आयोजना गरीएको फाउण्डेसनका सभापती महमद साहाबुद्धिनले बताउनुभयो । फाउण्डेसनले गरेको निर्णय अनुसार आज पहिलो दिन वृक्षरोपण कार्यक्रमको आयोजना गरीएको उहाँले बताउनुभयो । फाउण्डेसन पर्साका अध्यक्ष महमद साहाबुद्धिनको अध्यक्षतामा आज वीरगंजको २ स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वीरगंजको आदर्शनगर स्थित कव्रिस्थानमा र वीरगंजको अलौमा रहेको आईसिपी कार्यालयमा विभिन्न प्रजातीको २२५ वटा विरुवा रोपिएको उहाँले बताउनुभयो । आजको वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेसका नेता श्याम पोखरेल, दिना प्रसाद गुप्ता, भैयाराम, जंगबहादुर पटेल, शैलेन्द्रकुमार उपाध्याय, युवा नेता दिलिपराज कार्की, संतोष सिँह, नाजीर हुसैन लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै फाउण्डेसनले असार २१ गते भोली सोमबार आफनै कार्यालयमा रक्तदान कार्यक्रम गर्ने फाउडेशनका अध्यक्ष महमद साहाबुद्धिले जानकारी दिनुभयो । त्यसैगरी असार २२ गते मंगलबार फाउण्डेसनले प्रत्येक वर्ष प्रदान गर्दै आएको कृयाशिल पत्रकारिता पुरस्कारबाट २ जना पत्रकारलाई जनही २५ २५ हजार नगद सहित पुरस्कृत गर्ने जनाएको छ ।

Advertise: Advertise:

Related posts

Leave a Comment