Rato Pana
शिक्षा समाचार

२५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण

Advertise:

आदित्य महतो

वीरगन्ज, २१ असार
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका २५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

डि के ए अष्ट्रियाको सहयोगमा क्रियाशिल युवाहरुको समूह युवालयले गरिब, विपन्न एवम् न्युन आर्थीक अवस्थाका २५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

लामो समयदेखिको निषेधाज्ञाका कारण अध्ययनबाट बिचलित भएका बालबालिकाहरुलाई अध्ययन गर्ने बानीको बिकास गर्न सहज होस् भन्ने अभिप्रायले शैक्षिक सामाग्री वितरण गरिएको युवालयका अध्यक्ष सन्तोष महर्जनले बताए ।

शैक्षिक सामाग्रीको अभावकै कारण अध्ययन गर्न नसक्नेहरुलाई मध्यनजर गर्दै सानो प्रयास स्वरुप शैक्षिक सामाग्री वितरण गरिएको महर्जनको भनाई छ । महर्जनकै नेतृत्वमा गएको युवालयका पदाधिकारी एवम् सञ्चारकर्मी लगायतको उपस्थितीमा प्रति विद्यार्थी ८ वटा कपी, १४ वटा पेन्सिल, १० वटा कटर, १० वटा इरेजर, ५ वटा पेन, १ बक्स कलर पेन्सिल, स्केल गरी ५ सय रुपैयाँ बराबरको प्याकेज बनाएर वितरण गरिएको युवालयका बोर्ड सदस्य जया साहले जानकारी दिनुभयो ।

युवालयले वीरगञ्जमा छुट्टै पहिचान स्थापित गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै युवालयकी लेखा तथा प्रशासन प्रमुख नितु ढंगोलले आगामी दिनमा पनि सामाजिक गतिविधिलाई निरन्तरता दिन पहल गर्ने प्रतिबद्धता जनाउनुएको छ ।

Related posts

Leave a Comment