Rato Pana
समाचार स्वास्थ्य हाइलाइट-समाचार

पर्सा जिल्लामा दशाैं पटक निषेधाज्ञा थप

Advertise
Advertise: Advertise:
Advertise:

श्याम सरार्फ

वीरगन्ज २१ असार
पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि पुन: लम्बिएको छ ।

जिल्लामा बढ्दै गरेको कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अवधि आइतबार दशौंं पटक थप्दै असार २७ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आइतबार बसेको बैठकले संक्रमण दर घटेपनि निषेधाज्ञा खुला गर्दा फेरि संक्रमणको दर बढ्ने जोखिम कायमै रहेकोले निषेधाज्ञा बढाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।

कोरोनाको दोश्रो लहर बढेसँगै पर्सामा पहिलो पटक बैशाख १६ गतेबाट जिल्लाभर निषेधाज्ञा लागू गरिएको थियो । बैशाख १६ बाट पहिलो पटक थप गरी बैशाख २३ सम्ममा र दोश्रो पटक थप गरी बैशाख मसान्तसम्ममा र तेश्रो पटक जेठ ६ गतेसम्म,चौंथो पटक जेठ १३ गते सम्म,पाँचौं पटक जेठ २१ गतेसम्म र छैठौं पटक जेठ ३० गतेसम्मका लागि लम्बाइएको निषेधाज्ञा सातौं पटक परिमार्जन सहित थप गरेर असार ६ गतेसम्मका लागि लम्बाइएको र फेरि धेरै खुकुलो गर्दै आठौं पटक जेठ १३ गते र नवौं पटक थप गरी हिजो मध्यरातिसम्मका लागि थप गरिएको थियो ।

यसैबीच पर्सामा अब सार्वजनिक यात्रु बस संचालन गर्न पाइने भएको छ । स्वासथ्य सुरक्षाको मापदण्ड पूरा गर्दै जिल्लाभर सार्वजनिक यातायत संचालनका लागि अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत बैशाख १५ गतेबाट थन्किएका यात्रु बाहक ,सवारी साधनहरु आजबाट चल्ने पाउनेछन् ।

यसरी नै बन्द अवस्थामा रहेको होटल ब्यवसाय समेत ५० प्रतिशत क्षमतामा संचालन गर्न पाउने ब्यवस्था मिलाइएको छ । बिवाह लगायतका सामाजिक कार्यमा बढीमा २५ जना उपस्थित हुने पाउने निर्णय गरिएको छ भने नीजि सवारी साधन संचालनका लागि गएको हप्ताबाट नै स्थानीय प्रशासनले अनुमति दिइसकेको छ भने स्वास्थ्यका सबै सुरक्षा पालना गरी सबै प्रकारका ब्यवसाय संचालन गर्नका लागि समेत अनुमति दिइएको छ । यसअघि समय तोकिएकोमा अब पसल खोल्ने समय हटाइ पूरै अवधि संचालनका लागि अनुमति दिइएको छ तर स्वास्थ्य सुरक्षा पालना नभए कारवाही गर्ने प्रशासनले स्पष्ट पाएको छ ।

खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ । आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रम अनुसार सो रोगविरुद्धको खोप लगाइएको जिल्ला भेटेनरी अस्पताल तथा पशु ज्ञान केन्द्र कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले जनकपुर प्रयोगशालाबाट एक लाख ५० हजार डोज खोप मागेकामा ७४ हजार खोप डोज मात्र पठाइएको बताउनुभयो ।

महामारीका रुपमा रहेको पिपिआर रोगविरुद्धको खोप प्रत्येक वर्ष लगाउँदै आए पनि पूर्णरुपमा खोप प्राप्त हुन नसकेकाले कतिपय ठाउँमा खसीबाख्रामा उक्त खोप लगाउन नसकिएको हो ।पिपिआर रोग सरुवा रोग भएकाले समयमै खोप लगाएपछि अन्य ठाउँमा यो रोग भने सर्न नसकेको बिज्ञहरुको दाबी छ । तीन महीना भन्दामाथिका खसीबाख्रा, बोका, पाठापाठीलाई सो रोगविरुद्धको खोप लगाइए पनि गर्भिणी बाख्रालाई उक्त रोगविरुद्धको खोप भने लगाउन नहुने कार्यालयका बिज्ञहरुको भनाइ छ ।

Advertise Advertise:

Related posts

Leave a Comment