Rato Pana
विदेश समाचार

भारतीय क्रिकेटर धोनीको जन्मदिनमा वीरगन्जमा रक्तदान संगै खाजा वितरण । 

Advertise: Advertise: Advertise:

रातोपानाकर्मी

पर्सा, २३ असार
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विश्वचर्चित खेलाडी महेन्द्रसिंह धोनीको जन्मदिनमा वीरगन्जमा १३ जनाले रक्तदान गरेका छन ।
रक्तदान गर्नुको साथै निशुल्क खाजा वितरण गरिएको छ।

धोनी बुधबार आफ्नो ४० औं जन्मदिन मनाउँदै छन्। धोनीका फ्यानद्वारा गठित एमएस धोनी फ्यान क्लब पर्साले जन्मदिवसको अवसरमा रक्तदान संगै निशुल्क खाजा वितरण कार्यक्रमको आयोजना गरी जन्मदिन मनाएका हुन्।

१७ देखि २० वर्ष उमेरका युवा मिलेर गठन गरेको एमएस धोनी फ्यान क्लब पर्साका अध्यक्ष विक्की सर्राफले आफूहरू पनि क्रिकेट खेलाडी भएको र धोनीको फ्यान भएकाले उनको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गरिएको जानकारी दिए।

उनले भने,‘धोनीको जन्मदिन बुधबार हो, उनको जन्मदिन भव्य रुपमा मनाउन रक्तदानको आयोजना संगै खाजा वितरण गरियो, यस्तो पुण्यकामको सुरुवात गरेका हौं।

रक्त संचार केन्द्रमा आयोजना गरेको रक्तदान कार्यक्रममा जाटाशंकर गुप्ता, रोशन गुप्ता, सन्नी प्रजापति, अजय सर्राफ,  गौरभ अग्रवाल लगायत १३ जनाले रक्तदान गरेका हुन । साथै विभिन्न ठाउँमा निशुल्क खाजा १०७ पकेट वितरण गरिएको छ।

अध्यक्ष सर्राफको नेतृत्वमा भएको कार्यक्रममा सौरभ साह,  सिबु गुप्ता,  उज्जवल यादव,  विनय गिरी,  आशिष गुप्ता,  अन्केश पाण्डे, शुसिल पटेल लगायतको उपस्थिति रहेको थियो ।

Advertise:

Related posts

Leave a Comment