Rato Pana
प्रदेश २ समाज हाइलाइट-समाचार

नेपाली काँग्रेसका नेता विवाहित महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ ।

Advertise:

रौतहट, २६ असार

नेपाली काँग्रेसका स्थानीय नेता एक विवाहित महिलालाई करणी गरेको आरोपमा रौतहटमा  पक्राउ परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वाहा रहेका छन् ।

उनीबिरुद्ध सोही स्थानकी एक महिलाले आफूलाई फकाएर काँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी पछि कुश्वाहालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उजुरी दिने महिला विवाहित भएको प्रहरीले बताएको छ ।  उनीमाथि ३ दिन अघि बलात्कार भएको बताइएको छ ।

पीडित महिलाका अनुसार आरोपीत कुश्वाहाले ३ दिन अगाडी घरयासी सामान लिने भनेर गरुडा बजारतर्फ लगेका थिए । त्यसपछि सामान खरिद नगरि बजारभन्दा केही पर जंगलमा लगेर जबरजस्ती बलात्कार गरेका थिए ।

प्रहरीले कुश्वाहालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Related posts

Leave a Comment