Rato Pana
स्वास्थ्य हाइलाइट-समाचार

नारायणी अस्पतालमा हरित पुर्नस्थापना प्रवर्धन परियोजना शुरु।

Advertise: Advertise:

पर्सा,  २७ असार
नारायणी अस्पतालको स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको अगुवाइमा, चाइना एडको आर्थिक तथा युएन.डि.पी.को प्राविधिक सहयोगमा हरित पुर्नस्थापना प्रवर्धन परियोजना (पि.जी.आर.पी) शुरु भएको छ ।

नारायणी अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोर र अन्य सबै किसिमका फोहोरहरुलार्इ व्यवस्थित तरिकाले वर्गिकरण, संकलन, प्रशोधन/निर्मलीकरण तथा विसर्जन गर्न आवश्यक प्राविधिक तथा सामग्री सहयोग गर्न यही मिति २०७८/३/२५ मा परियोजना संचालन गर्न समन्वयात्मक गोष्ठी संचालन भएको छ ।

सो गोष्ठीमा मे.सु, विभिन्न बहिरङ्ग विभागका डाक्टर, नर्सीङ्ग अधीकृत, सरसफाइ कर्मचारीहरुको उपस्थिती रहेको थियो । गोष्ठीमा पि.जी.आर.पी/यु.एन.डि.पी.का तर्फबाट निमेश ढकाल तथा मनोज प्रसाद ओझाले फोहोर व्यवस्थापन तथा त्यसका लागि संस्थाले गर्ने कृयाकलाप तथा सहयोगका बारेमा प्रकाश पार्नुभएको थियो ।

गोष्ठीमा मे.सु.डा. विरेन्द्र प्रधानले यो कार्यक्रम सफलतापुर्वक संचालन गर्न आवश्यक सहयोग गर्न सम्बन्धित सबैको इमानदारीपूर्वक काम गर्नुपर्ने भन्दै आगामी दिनमा यस अस्पताललाइ स्वास्थयजन्य फोहोर व्यवस्थापनमा नमुना अस्पताल बनाउन लागिपर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रम सफलतापूर्वक संचालन गर्न आगामी दिनमा समन्वयात्मक भूमिकाका लागि नर्सिङ्ग विभाग अन्तर्गतको कर्मचारी अन्जना श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकि फोहोर व्यवस्थापन समिति गठन गरियो ।

Advertise:

Related posts

Leave a Comment