Rato Pana
राजनीति समाचार हाइलाइट-समाचार

नेपाल बिधार्थी संघ पर्सा द्वारा दिप प्रज्वलन ।

Advertise:


काठमाडौं , २८ असार

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेकोमा नेपाल बिधार्थी संघ पर्सा कार्य समितिले दिप प्रज्वलन कार्यक्रम गरेको छ ।

जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ ।

नेविसंघ पर्साका उपाध्यक्ष सागर लामाको नेतृत्वमा वीरगंगको घण्टाघरमा दिप प्रज्वलन गरि सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरिएको नेपाली कांग्रेसका युवा नेता शेष हाजाराले बताउनुभयो ।

फैसलामा देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ । अर्थात फैसला आएको २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।

Related posts

Leave a Comment