Rato Pana
प्रदेश २ समाज हाइलाइट-समाचार

१५ बर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ ।

Advertise:

श्याम सर्राफ

पर्सा, ३० असार
पर्सा प्रहरीले १५ बर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने कानूलाई पक्राउ गरेको छ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानू पक्राउ परेका हुन।

मिति २०७८।०३।१४ गते अन्दाजी १२.३० बजे १५ वर्षीया किशोरीको घरमा गई निज सुत्ने कोठामा प्रवेश गरी निजलाई विवाह गर्ने र जागीर लगाइदिने प्रलोभनमा पारी सखुवाप्रसौनी गाउँपालिका वडा नं ४ स्थित बाँसघारीमा लगी जबरजस्ती करणी गरेको पिडित किशोरीका अभिभावकले जाहेरी दिएपछी कानू पक्राउ परेका हुन ।

किशोरीलाई आफू साथै राखी पटकपटक जबरजस्ती करणी गरेको भन्ने व्यहोरा समेत पीडित बालिकाको अभिभावकको जाहेरी दरखास्त परेपछी निज धर्मराज कानूलाई आज नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूर गरेको अभियोगमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

Related posts

Leave a Comment