Rato Pana
अर्थ हाइलाइट-समाचार

आन्दोलन पछि पेट्रोल र डिजेलमा १/१ रुपैया घटयो।

Advertise:

काठमाडौं ,३० असार

संयुक्त विद्यार्थी संगठनको आन्दोलनपछि नेपाल आयल निगमले  इन्धनको मूल्य समायोजन गरेको छ । 

बुधबार निगमले मूल्यवृद्धिको विषयमा आन्दोलन गर्दै आएका संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य समायोजन गरेको हो । 

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं इन्धनको मूल्यवृद्धि विरुद्ध केही दिनयता आन्दोलन चर्काएका थिए । बुधबार आन्दोलनका क्रममा विद्यार्थी संगठनले पेट्रोल पम्प नै बन्द गराएका थिए । 

निगमले बुधबार राति १२ बजेदेखि कार्यान्वयन हुनेगरी पेट्रेल, डिजेल र मट्टीतेलको मूल्य एक–एक रुपयाँ घटाएको हो । 

निगम प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इन्धनको मूल्य समायोजन भएसँगै अब  पेट्रोल प्रतिलिटर १२८ र डिजेल र मट्टीतेलको मूल्य १११ पुगेको छ । यसअघि पेट्रोलको मूल्य १२९ थियो भने डिजेल र मट्टीतेलको मूल्य ११२ रुपैयाँ थियो । 

Related posts

Leave a Comment