Rato Pana
अर्थ समाज हाइलाइट-समाचार

पर्सामा जुवा खालबाट १ भारतीय सहित ७ जना पक्राउ ।

Advertise:

श्याम सर्राफ

पर्सा, ३१ असार
जुवा खालबाट ७ जनालाई पर्सा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ।

प्रहरी कारवाहीको सिलसिलामा आज अन्दाजी दिउसोँ ५ बजे वीरगंज म.न.पा. वा नं. १५ नेशनल मेडिकल कलेज छेउमा निर्माणधीन भवनको माथिल्लो तल्ला बाट्ट सातै जना पक्राउ परेका हुन ।

जुवा खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले जुवा खालबाट रु.१,५८,०००।– ( एक लाख अन्ठाउन हजार ) र १० बुक ताससहित नियन्त्रणमा लिईएको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज म.न.पा. वडा नं. ६ बस्ने ४२ वर्षिय श्यामबाबु सोनार, वडा नं.१५ का ३२ बर्षिय सुनिल सर्राफ, वडा नं.१६ का ५८ बर्षिय भगवान प्र.महत्तो , वडा नं ३ का ४२ वर्षिय अली असगर अन्सारी , बारा महागढीमाई न.पा.वडा नं.१० का ३५ बर्षिय धिरेन्द्र प्रसाद जैसवाल, रौतहट गौर न.पा.वडा नं.१ का ४८ बर्षिय रमेश चौधरी र भारत विहार जिल्ला मोतिहारी रक्सौल ४ का ४० बर्षिय रामबाबु प्रसाद सोनार रहेका छन।

सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरुद्धको कसुर ( जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको ज्ल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साथै जुवातास खेल्ने खेलाउने जस्ता सामाजिक विकृतिजन्य कसूर नगर्न तथा कुनै पनि स्थानमा भइरहेको थाहा भएमा प्रहरीलाई सूचना दिई यस्ता क्रियाकलाप नियन्त्रण गर्ने अभियानमा सहयोग गर्न समेत प्रहरीले सबैमा अनुरोध गरेको छ।

Related posts

Leave a Comment