Rato Pana
प्रदेश २ समाचार हाइलाइट-समाचार

वर्षाले वीरगंजको बेहाल, जताततै डुबान, तस्बिरमा हेर्नुहोस्।

Advertise:

श्याम सर्राफ

पर्सा , २ साउन
हिजो राती देखीको अविरल वर्षाका कारण वीरगन्जको जनजीवन कष्टकर बनेको छ । वर्षापछि आएको बाढीका कारण विभिन्न स्थानहरु डुबानमा परेको छ । 

वीरगंजको मुर्ली बगैचा, श्रीपुर, पानीट्यांकी, आदर्शनगर, नगवा,रानिघाट न्या बस्ती, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, लगायतका ठाउँहरु डुबानमा परेको हो । निरन्तर भईरहेको बर्षाले कतिपय स्थानमा पानी घर भित्र पस्न थालेपछि सर्वसाधारण डुबान हुने डरले त्रसित भएका छन् । 

गतबर्ष आएको बर्षासँगैको बाढीले मध्यतराईमा जनधनको निकै क्षति भएको र यस वर्ष पनी केहि दिन आगाडी आएको बाढीले निकै समस्या भएकोले यस पटक पनि त्यस्तो घटना दोहोरिन सक्ने सर्वसाधारणहरुलाई चिन्ताले सताएको छ । 

हिजो राती देखि परेको पानीले वीरगन्ज महानगरपालिकाको विभिन्न भाग पनि जलमग्न भएका छन् ।

तस्बिर हेर्नुहोस् ।

Related posts

Leave a Comment